टी– २० विश्वकप : दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित

काठमाडौं । आइसिसी टी– २० विश्वकपअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल टेष्ट राष्ट्र दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । नेपाली समय अनुसार शनिबार बिहान वेस्ट इण्डिजमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले नेपाललाई जितका लागि ११६ रनको लक्ष्य दिएको थियो ।

आज बिहान सेन्ट भिन्सेन्टस्थित किङ्सटाउन स्टेडियमा उक्त खेल भएको थियो । सुरुमा टस हारेर पहिला ब्याटिङ गर्ने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाएको थियो । त्यसपछि जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमउँदै ११४ रनमै सीमित भएको हो ।

दक्षिण अफ्रिकासँग १ रनले पराजित भएसँगै नेपालको आईसीसी टी–२० विश्वकपको सुपर ८ मा पुग्ने सम्भावना टुटेको छ । शनिबार बिहान भएको समुह ‘डी’ को खेलमा टेष्ट राष्ट्र दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि नेपाल विश्वकपमा सुपर ८ को दौडबाट बाहिरिएको हो ।

पहिलो खेलमा नेदरल्यान्डस्सँग ६ विकेटले पराजित भएको नेपाल श्री लंकासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो । दक्षिण अफ्रिका यसअघि नै लगातार तेस्रो जित निकाल्दै सुपर ८ मा पुगिसकेको छ । दक्षिण अफ्रिका भने समूह चरणमा अपराजित रहेर सुपर ८ खेल्नेछ ।

नेपालका लागि सोमपाल कामी ८ रनमा नटआउट रहे भने गुल्सन झा ६ रनमा रन आउट भए । एक समय हार नजिक पुगेको नेपाली टोलीलाई सोमपाल कामीले छक्का प्रहार गर्दै जितको आशा दिलाएका थिए । तर अन्तिम बलमा गुल्सन रन आउट हुँदा नेपालको सुपर ८ खेल्ने सपना टुटेको हो ।

तेस्रो विकेटका लागि अनिल साह र आशिफ शेखले ५० रनको साझेदारी गर्दै नेपाललाई जित उन्मुख गराए पनि टोली पराजित भएको छ । २४ बलमा ३ चौका र १ छक्का प्रहार गरेका अनिल चौधौँ ओभरको चौथो बलमा आउट भए । चौथो नम्बरमा ब्याटिङमा आएका अनिल साह २७ रन बनाउँदा एडेन मक्रमको बलमा मार्को जानसेनको हातबाट क्याच आउट भए ।

१८औँ ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीलाई ६ रनमा गुमाएको नेपालले अन्तिम बलमा आशिफ शेखलाई गुमाएको हो । ४९ बलमा ४ चौका र १ छक्का हानेका आशिफ बोल्ड आउट भए । दोस्रो ओभरको पाचौँ बलमा ओपनर आशिफ शेखले जिवनदान पाएका थिए ।

कागिसो रवाडाको बलमा क्याच छुट्टा जिवनदान पाएका थिए। त्यसअघि नेपालले आठौँ ओभरमा लगातार दुई विकेट गुमाएको थियो ।आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा तब्रिज साम्सीको बलमा बोल्ड आउट भए । सोही ओभरको चौथो बलमा कप्तान रोहित पौडेल शुन्य रनमा नै बोल्ड आउट भए ।

त्यसअघि नेपालले आठौँ ओभरमा लगातार दुई विकेट गुमाएको थियो।आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा तब्रिज साम्सीको बलमा बोल्ड आउट भए । सोही ओभरको चौथो बलमा कप्तान रोहित पौडेल शुन्य रनमा नै बोल्ड आउट भए । त्यसअघि वेस्ट गरेकोदक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको थियो ।

नेपालविरुद्ध राम्रो सुरुवात गरेको दक्षिण अफ्रिकाविरुद्ध पछिल्लो समय नेपालका बलर हावी भए । दक्षिण अफ्रिकाविरुद्ध नेपालका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी चम्किए। कुशलले आफ्नो स्पेलमा १९ रन दिएर चार विकेट लिए । दिपेन्द्रले आफ्नो स्पेलमा २१ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी, करण केसी, कुशल मल्ल, सन्दीप लामिछाने र अविनास बोहोरा विकेट विहिन रहे ।

दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेनड्रिकले सर्वाधिक ४३ रनको योगदान दिए । दिपेन्द्रले १६औँ ओभरको तेस्रो बलमा ओपनर हेनड्रिकलाई आफैले क्याच लिँदै आउट गराए । उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे । यसअघि दीपेन्द्रले नै चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डी ककलाई १० रन बनाउँदा आउट गरेका थिए ।

दीपेन्द्रलेले १८औँ ओभरको तेस्रो बलमा डेविड मिलरलाई ७ रन बनाउँदा सन्दीप लामिछानेको हातबाट क्याच आउट गराए । कुशलले १४औँ ओभरको दोस्रो बलमा ३ रन बनाएका हेनरिक क्लासेनलाई करण केसीको हातबाट क्याच आउट गराए ।

त्यसअघि कुशलले नै १२औँ ओभरको दोस्रो बलमा नेपालका ओपनर कुशल भुर्तेलले कप्तान एडेन मक्रमलाई १० रन बनाउँदा बोल्ड आउट गर्दै पेभेलियनको बाटो देखाएका थिए । कुशलले नै मार्को जेसन र कागिसो रवाडालाई सस्तैमा आउट गरे । दक्षिण अफ्रिकाका ट्रिस्टन स्टुब २७ रनमा अविजित रहे । अब नेपालले समूह चरणको चौथो तथा अन्तिम खेल सोमबार बंगलादेशसँग खेल्ने छ ।

प्रतिक्रिया