कालिकोट । बालविवाह न्युनिकरणका लागि पत्रकारहरु संग बृहत् कार्यशाला गोष्ठि गरिएको छ । समाजमा हुने बाल विवाह, छिटो विवाह र जवरजस्ती विवाह न्युनिकरण कसरी कम गर्न सकिन्छ ? भन्ने बिषयमा जिल्लामा क्रियाशील पत्रकाहरुसँग कार्यशाला गरिएको हो ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालको सहजिकरणमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
बालविवाह लगायत अन्य विवाह, बालअधिकार ,बाल संरक्षण, वकालत, पैरवी र रिपोटिङ सम्वन्धी पत्रकारहरुले विशेष ध्यान दिए बालविवाह न्युनिकरणसहित अन्य हिंसाका घटनामा कमि हुने हुरेन्डेक नेपाल कालिकोटका सचिव खडानन्द अधिकारीले बताए ।
परियोजना संयोजक शिबसंकर उपाध्यायले यस परियोजनाले समाजमा रहेका बाल, छिटो तथा जवरजस्ती बिवाह न्युनिकरण सहित विभिन्न कुरिति,कुसंस्कारका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको बताए ।
अनुगमन तथा मुल्यांकन अधिकृत कटक बमले समाज परिवर्तनको लागि मिडिया क्षेत्रको महत्त्वपूर्ण भुमिका रहने बताए ।
मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालका जिल्ला ब्यवस्थापक दिलिपकुमार शाहीले सम्पुर्ण पत्रकारहरुले विभिन्न कुरीति कुसंस्कारका बिषयमा सकारात्मक दृष्टिकोणले कलम चलाए केही कमि हुने बताए ।
कार्याशाला गोष्ठिमा उपस्थित पत्रकारहरुले बाल विवाहको बिषयमा थुप्रै कदम चालेपनि सोचेजतिको उपलब्धि हासिल हुन नसकेको बताए ।
कालिकाेट
प्रतिक्रिया