टी–२० विश्वकप क्रिकेट खेल्न सन्दीप लामिछाने पुगे वेस्टइन्डिज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेस्टइन्डिज पुगेका छन् ।

लामो समयदेखि बलात्कार मुद्दाको आरोप खेपेर उच्च अदालत पाटनबाट सफाई पाएपछि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लामिछाने विश्कप खेल्न गएराति वेस्टइन्डिज गएका हुन् ।

अमेरिकाले भिसा नदिँदा अमेरिका जान नपाएका सन्दीप वेस्टइन्डिज हुने दुईवटा खेलमा नेपाली टोलीबाट मैदान उत्रिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

नेपालले वेस्टइन्डिजमा दक्षिण अफ्रिका र वंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ । दुवै खेलमा सन्दीपले सहभागिता जनाउने क्यानका सचिव पारस खड्काले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । खड्काले जारी गरेको विज्ञप्तिमा सन्दीप गत मे १६ देखि नै नेपालको अफिसियल स्क्वाडमा रहेको उल्लेख छ ।

प्रतिक्रिया