मुगु । मुगु जिल्लामा रहेका तीनवटा सुरक्षा निकायका सुरक्षाकर्मीहरुले संयुक्तरुपमा विपद् प्रतिकार्यका लागि अभ्यास गरेका छन् । जिल्ला आपतकालिन सञ्चालन केन्द्रको आयोजना बिहीबार जिल्लाको सदरमुकाम गमगढी नजिक रहेको चैनभीर र खोलामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रगरीहरुले संयुक्त रुपमा विपद् प्रतिकार्य अभ्यास गरेका हुन् ।
विपद् बाजा बजाएर नआउने भएकाले कुन बेला आउँछ समय यकिन नहुने भन्दै त्यसैले बेला आइपर्ने विपद्बाट जनतालाई जोगाउन विपद्मा परेका नागरिकको उद्दार कसरी गर्ने भनेर अभ्यास गरिएको बताइएको छ । त्यस्तो समयमा उद्दार टोलीको काममा निखार आउने र फेरि बर्खाको सिजन शुरु भयो बाढी, पहिरोको जोखिममा मुगु अग्रपंक्तिमा आउँछ त्यसैले सुरक्षाकर्मीहरुको संयुक्त अभ्यास गरिएको हमुमान ध्वज गुल्मका राराका सेनानी वसन्त नाथ योगीले बताए ।
सो अभ्यासमा बाढीपहिरोबाट प्रभावित समुदाय बस्तीहरुमा तत्कालै उद्दार तथा राहत कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले यो अभ्यास सञ्चालन गरेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए विपद्को बेला सही तरिकाले उद्दार गर्न नजान्दा उद्दारकर्ताको ज्यान जोखिम हुने भएकाले विपद्मा परेका नागरिकको समयमै उद्दार हुन सक्दैन भने पीडित नागरिक राहत र पुनर्स्थापन गर्न कठिनाइ हुने भएकाले समयमै उद्दार, राहत, सुरक्षा र पुनस्थापनका लागि सुरक्षाकर्मीहरुलाई बेलाबेलामा पूर्वअभ्यास गरिएको सुरक्षाकर्मी नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी नगर प्रहरीको संयुक्तमा विपदद् प्रतिकार्य अभ्यास गरिएको सशस्त्र प्रहरी मुगुका डीएसपी फपेन्द्र कुमार केसीले बताए ।
मुगु जिल्ला विपद् जोखिममा उच्च छ । यहाँ हिमपात, बाढीपहिरोलगायत विपद् जोखिमको एक नम्बरमा पर्छन् । मुगुका दर्जन बढी बस्तीहरु बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । २०७९ सालमा आएको बाढीपहिरोले मुगुमा करोडौँको क्षेति पुर्याउदा नेपाल सरकारले यस जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेको छ । बाढीबाट प्रभावित परिवारले राहत तथा पुनर्स्थापित हुन सकेका छैनन् ।
मुगु
प्रतिक्रिया