याङवरकमा एकैदिन दुई स्वास्थ्य चौकीको उद्घाटन

पाँचथर । जिल्लाको उत्तरी क्षेत्र याङवरक गाउँपालिकामा एकैदिन दुईवटा स्वास्थ्य चौकीको उद्घाटन गरीएको छ । सो पालिकाको दुई नम्बर वडा बेतेनी बर्थिङ सेन्टर नवनिर्मित भवन र वडा नम्बर तीन ओयाममा नवनिर्मित बर्थिङ सेन्टरको उद्घाटन गरिएको हो ।

उक्त भवन पालिका अध्यक्ष शुभास योङहाङले उद्घाटन गरेका थिए । बेतेनीमा रहेको नवनिर्मित उक्त बर्थिङ सेन्टर भवन ८१, ३२, ९०८, ६३ लागतमा भवन निर्माण गरिएको बताइको छ ।

त्यस्तै याङवरक वडा नम्बर तीन ओयाममा नवनिर्मित बर्थिङ सेन्टर ४८ लाख लागतमा निर्माणा गरिएको पालिकाका उपाध्यक्ष बाबा मेन्याङबोले जानकारी दिइन् ।

उद्घाटन समारोहमा मेन्याङबोले भवन निर्माणका लागि सहयोग गर्ने र उनले अन्य सहयोगी दातालाई धन्यबाद ज्ञापन गरेकी थिइन् । त्यस क्षेत्रमा नागरिकहरुले सहजै थप स्वास्थ्य सेवा पाउने पालिकाले जनाएको छ ।

प्रतिक्रिया