सुर्खेत । सुर्खेतमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बिहीबार बिहानै जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जीप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानांगला नजिकै दुर्घटना भएको हो ।
जिप सडकबाट ३ सय मिटर तल खसेको छ । जीप बिहीबार बिहान दुई बजेतिर दुर्घटना भएको भए पनि ढिलो गरी मात्रै थाहा भएकाले यतिबेला प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ ।
उक्त जिपमा ८ जना सवार रहेको अनुमान गरिएको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले अहिलेसम्म दुई शव संकलन गरेर सडकमा ल्याइएको र बाँकी दुई शव ल्याउने तयारी भइरहेको जानकाररी दिए । घटनाबारे अनुसन्धान भइरहेकोे प्रहरीले जनाएकोे छ ।
प्रतिक्रिया