मुगुमा यार्सागुम्बा संकलनका लागि वन प्रवेश खुला

मुगु । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाँउपालिकाको वन क्षेत्रमा पाइने बहुमुल्य जडीबुटि यार्सागुम्बा संकलनका लागि बुधबारबाट वन प्रवेश खुला गरिएको छ । मुगुम कार्मारोङ गाँउपालिकाका विभिन्न क्षेत्रमा पाइने यार्सागुम्बा संकलनका लागि जिल्लाका बासिन्दा र बाहिर जिल्लाबाट आउने सर्वसाधारणलाई बुधबारदेखि वन प्रवेश खुला गरिएको हो ।

मुगुम कार्मारोङ, गाउँपालिकाको वडा नं. २ मुगु गाँउको रिमाण, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कु लगायत वनमा यार्सा पाइन्छ । वन प्रवेशका लागि गाँउपालिकाले वन प्रवेश शुल्क बुझाएका संकलनकर्ताले १५ गते बिहान वन क्षेत्रमा प्रवेश गर्न पाउने यस अघि सार्वजनिक सूचना गरीए पनी यार्सा संकलकको बाक्लो भिड् र रसिद काट् नसकिएकाले बुधबार १६ गते मात्रै वन प्रवेश खुलाइएको मुगुम कार्मारोङ, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष रावलले जानकारी दिए ।

जिल्लावासीका लागि प्रतिव्यक्ति दुई हजार र बाहिरी जिल्लाबाट आउने संकलनकर्ताका लागि दुई हजार ५ रुपैयाँ वन प्रवेश शुल्क निर्धारण गरिएको छ । गाउँपालिकाले यार्सा संकलनका क्रममा वातावरणमा असर पुग्ने कार्य नगर्न संकलनकर्तालाई आग्रह गरेको छ । यार्सा संकलनका समयमा सिसा प्लाष्टिकजन्य वस्तु नफाल्न, जथाभावी रुखबिरुवा नकाट्न र चोरी नगर्न आग्रह गरेको गाउँपालिकाले जनाएको छ । यी कार्य गरेको पाइएमा कडा कारबाही हुने चेतावनी दिइएको छ ।

सुरक्षा व्यवस्था कडा

गत शनिबार गाउँले यार्सा संकलनको लागि वनतिर गएको मौका छोपी मुगुमाकामारोगं गाउँपालिका–१ डोल्फु गाउँमा हतीयारदारीले ५० घरदरीमा २३ घरमा लुटपाटगरेपछी सुरक्षा ब्यबस्था कडा पारिएको प्रहरीले जनाएको छ । लुटपाट गर्नेको खोजीकार्य तिव्रपारीनुका साथै यार्सा संकलनका क्रममा लुटपाट समेत हुने भएकाले सुरक्षा व्यवस्था कडा बनाएको जिल्ला प्रहरीले मुगुले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका नायब उपरिक्षक वीरेन्द्र थापाले यार्सा संकलन अवधिभर संकलनकर्तालाई असुरक्षा महशुस हुन नदिन सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती परिचालन गर्ने व्यवस्था मिलाएको छ । प्रहरी निरिक्षक प्रकाश सिहंकार्कीको कम्मान्डमा ४० जना नेपाल प्रहरी त्यस्तै सशस्त्र प्रहरी बल ३० गरी ७० जना सुरक्षको टिम सुरक्षका लागि तैनाथ भएको र नाकामा समेत सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया