बारा । बारामा आइपिभी खोप अभियानअन्तर्गत जिल्लास्तरीय समन्वय समिति र सञ्चारकर्मीहरूको एक दिने अभिमूखिकरण तथा गोष्ठी सम्पन्न भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा आयोजित कार्यक्रममा पोलियोमाइलाइटिस पोलियो भाइरस के हो र यसले कस्तो किसिमको प्रभाव पार्छ भन्ने विषयमा प्रकाश पारिएको थियो ।
नेपालबाट बिदा भइसकेको पोलियो पछिल्लो समयमा नेपालको रौतहट जिल्लामा देखापरेको कार्यक्रममा बताइएको थियो । आइपिभी खोप मुखबाट खुवाउने एक सजिलो औषधि भएको कार्यक्रममा जानकारी गराइएको थियो । यो रोग नेपालमा नभए जोखिम रहेको गोष्ठीमा बताइएको थियो ।
यो खोप आइतबारदेखि २६ गतेसम्म ३७ हजार ४७० बालबालिकालाई खोपाउने समेत जानकारी गराइएको थियो । साथै कार्यक्रमममा देशभरिमा १४ लाख ६२ हजार ७१२ जना बालबालिकालाई यो खोप खुवाउने नेपाल सरकारको लक्ष्य रहेको समेत जानकारी गराइएको थियो ।
बाराका प्रमुख जिल्ला अधिकारी शशिधर मिश्रको प्रमुख अतिथ्यता र जिल्ला समन्वय समिति बाराका अध्यक्ष नरेन्द्र साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वास्थ्य संस्थाका मनोहर साह साहले सहजीकरण गरेका थिए ।
बारा
प्रतिक्रिया