नगर प्रमुखद्वारा रोजगार कार्यक्रमको अनुगमन

बोदेबर्साइन । सप्तरीको बोदेबर्साइन नगरपालिकाले विभिन्न वडामा सञ्चालित स्वरोजगार कार्यक्रमको अनुगमन गरेको छ ।
नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह लगायतको प्राविधिक टोलीले अनुगमन गरेको हो । टोलीले विभिन्न समस्या बारे सहभागी कामदारसँग छलफलसमेत गरेको छ ।

छलफलको क्रममा नगर प्रमुख सिंहले आफ्नो पालिकामा ठुलो उद्योग, कलकारखाना नरहेका कारण युवाले रोजगारी पाउन नसकिरहेको बताए । उनले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत पनि बजेट अनुसार रोजगारी दिनुपर्ने बाध्यताका कारण सबैलाई यस कार्यमा समेट्न नसकिरहेको उल्लेख गरे ।

यसैबिच, नगरपालिकाको रोजगार सेवा केन्द्रले यस वर्ष ंमहिला र पुरुषलाई रोजगारी दिएको छ । रोजगार सेवा केन्द्रका शाखाका संयोजक ब्रहम देव यादवका अनुसार पाँच वर्षमा सयौं जनाले रोजगारी पाइसके छन् ।

पछिल्ला वर्षमा रोजगारी पाउनेको संख्या घट्दै गएको छ । रोजगार सेवा केन्द्रलाई प्राप्त हुने बजेट घट्दै गएकाले रोजगारी पाउनेको संख्यां घटाउनुपरेको नगरपालिकाका रोजगार प्रमुख यादवले बताए ।

प्रतिक्रिया