औषधि वितरण सहज बनाउँदै छौँ

अन्तर्वार्ता

जनकपुरधाम । मधेस प्रदेशको राजधानीमा रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र महत्त्वपूर्ण कार्यालय हो तर यसको बारेमा सर्वसाधारणलाई पर्याप्त जानकारी छैन । महिला तथा बालबालिका र अन्यका लागि अनिवार्य मानिने खोपको आपूर्ति गर्नुका साथै यस कार्यालयले अत्यावश्यक औषधिहरू पनि आपूर्ति गर्ने गर्दछ । हाल भाडामा रहेको जनकपुरस्थित कार्यालयबाट कामकाज भइरहेको भए पनि मुजेलियामा यसको आफ्नै भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।

संघ सरकारबाट प्राप्त भएको औषधिलाई उचित तापक्रममा राखेर स्वास्थ्य कार्यालयमा पुर्याउने काम कार्यालयले गर्दछ । त्यस्ता औषधि स्वास्थ्य कार्यालयबाट स्थानीयतहमा र स्थानीय तहबाट स्वास्थ्यचौकीसम्म पुर्याउने काम यस कार्यालयबाट हुन्छ । यस कार्यालयबाट मेडिकल इक्विपमेन्टहरू पनि वितरण गर्ने काम हुने गर्दछ । कार्यालयका सूचना अधिकारी अशोककुमार यादवसित जनसरोकारको विषयमा गरिएको कुराकानीको अंशः

यस कार्यालयले मुख्य के काम गर्दछ ?

–यस कार्यालयले सप्लाई मेटेरियल म्यानेजमेन्टसित सम्बन्धित सबै काम गर्ने हो । यस कार्यालयले औषधि, औषधिजन्य सामग्री तथा विभिन्न इक्विपमेन्टको आपूर्ति गर्दछ ।

केन्द्रले प्रदेशको ८ वटै जिल्लामा के कस्ता औषधि पठाउँछ त ?

–यस केन्द्रले आधारभूत औषधिहरू खरिद गर्दछ । सरकारले वितरण गर्ने निःशुल्क औषधिहरू हामीले खरिद गर्ने हो । अझ सरकारले पनि प्रदेश सरकारले खरिद गर्नुपर्ने औषधिहरू छुट्याइदिएको छ । यस केन्द्रले चाहिँ ८ वटै जिल्लाको लागि इमर्जेन्सी औषधिहरू, दीर्घ रोगका औषधिहरू, मानसिक रोगका औषधिहरू खरिद गर्ने गर्दछ ।

कार्यालयले अनुगमन कत्तिको गर्ने गरेको छ ?

–यस कार्यालयले नियमित अनुगमन गर्दछ । कतिपय अवस्थामा कम्प्लेन आएको अवस्थामा पनि अनुगमन गर्छौं । यसै गरी स्वास्थ्यचौकीसम्म पुगेर पनि अनुगमन गर्ने गरेका छौँ ।

औषधि तथा स्वास्थ्य सामग्री वितरण गर्न कत्तिको चुनौती रहेको छ ?

–चुनौतीहरू पहिलेचाहिँ धेरै थियो, अहिले चाहिँ खासै छैन । केन्द्रदेखि स्वास्थ्य कार्यालयसम्म औषधि पु¥याउन खासै कुनै चुनौती रहेको देखिएको छैन ।

प्रतिक्रिया