सिरहामा लागुऔषधसहित एक युवक पक्राउ

सिरहा । प्रहरीले सिरहामा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । भारतबाट ठाडीतर्फ आउँदै गरेका पैदल यात्री सिरहाको लहान नगरपालिका–५ पुरानो बकरी बजार बस्ने वर्ष २२ का मोहम्मद सलमानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भगवानपुर गाउँपालिका– ४ ठाडी चोकस्थित प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भारतबाट ठाडीतर्फ आउँदै गरेका उनलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

उनलाई चेकजाँचका क्रममा विभिन्न लागुऔषध बरामद गरिएको प्रहरीले जनाएकोे छ । पक्राउ परेका युवकलाई सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिएर इलाका प्रहरी कार्यालय लहानमा अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएकोे छ ।

प्रतिक्रिया