मुगु । छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले जनचासोको विषय रहेको सार्वजनिक सुनुवाई सडकमै गरेका छन् । दुई वर्षको कार्यकाल अवधिभर गरेका आफ्ना उत्कृष्टि कार्यको प्रगति विवरण प्रस्तुत गदै उनले सार्वजनिक सुनुवाई गरेका हुन् । नगरप्रमुख भाम निर्वाचित भईसके पछि हालसम्म नागरिकलाई सुचनाको हक प्रत्याभुति गर्न र नगरपालिकाको कार्य प्रगति नागरिक माझ शुसुचित गराउन वर्षे पिच्छे सार्वजनिक सुनुवाई गर्दै आइरहेका छन् । यस्तो कार्य अन्य ७ सय ५३ वटै स्थानीय तहका प्रमुखले नगर्ने उनको दाबी छ ।
दुई बर्षमा करिब ५५ वटा उत्कृष्ट कार्यभएका प्रगती विवरणमा उल्लेख गरीएको छ । यसले गर्दा नागरिक प्रति उत्तरदायि बढेको छ । नगरपालिकाले हालसम्म विभिन्न प्रकारका विकासे योजना अन्य समुदाय प्रति आर्कषण हुने कार्यहरु सञ्चालन गर्दे आई रहेका छन् । मेयर भाम निर्वाचित भईसकेपछि नगरपालिका र नगर प्रमुखसंग जोडिएका उत्कृष्ट काम कार्वाही लगायतका बिषयमा सार्वजनिक सुुनुवाई गर्देै आएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।
सो अवसरमा मेयर भामले ‘गरे के हुदैन’ भन्ने मुल मन्त्रका साथ श्रमदान अभियानलाई प्रभावकारी बनाउदै आएका छन् । श्रमदान अभियानले राज्यको आर्थिक भारलाई न्युन बनाउने र विकासे योजनामा पनि ठूलो भुमिका खेल्ने हँुदा श्रमदान अभियान लगायतका अभियान सञ्चालन गरेका छन् ।
यस नगरपालिकाले मुलुकका सबै स्थानीय तह मध्ये पहिलो पटक दलित निति पास गरि अन्तरजातिय विवाह गर्ने जोडीलाई प्रोत्साहन स्वरुप एक लाख रकम प्रदान गर्दे आई रहेको छ । यसले गर्दा अन्तरजाति विवाह गर्ने जोडीलाई प्रोत्साहन मिलेको छ । साथै कर्णाली प्रदेशका स्थानीय तहमध्ये दुर्गम हिमाली जिल्ला मुगु जस्तो स्थानमा नागरिकको समस्यालाई मध्यनजर गर्दे यातायातमा भएको सिन्डिकेट तोड्न पहिलो पटक नगर बस सञ्चालनमा ल्याएको छ । त्यस्तै ‘एक मुख दश रुख अभियान, सरसफाइ अभियान, भ्रष्टाचार नियन्त्रण अभियान’लाई निरन्तरता दिदै आएको नगरप्रमुख भामले बताए ।
उनका अनुसार गरिब विपन्न, दलितको समस्यामा रहत पुगोस भनेर नगरपालिका भित्रका एक हजार दुई सय ५६ दलित घर परिवारलाई दशै भत्ता स्वरुप पहिलो चरणमा दुई हजार पाँच सयका दरले बितरण गर्दे आई रहेको पनि अवगत गराए । पछिल्लो समय बैदेशिक रोजगारीका लागि विदेशिने युवालाई स्वदेशमै (नगरपालिका)मै बसेर आत्मनिर्भर र जिविकोपार्जन गर्न नगरपालिकाका १ सय ५ जना बेरोजगार ब्यक्तिलाई स्वरोजगार मुलक कार्यक्रम अन्र्तगत कुखुरा पालन, तरकारी खेति, भैसि पालन, बाख्रा पालन र बंगुर पालन ब्यवसायलाई पनि निरन्तरता दिएको भामले जानकारी गराए ।
यसले गर्दा घरमै बसि जिविकोपार्जनमा ठूलो टेवा पुग्ने उनले बताए । आगामी आर्थिक बर्षमा नगरपालिका भित्रका ४ हजार घरदुरीलाई निशुल्क नुन वडामा वितरण गर्ने पनी नगर प्रमुख भामले सार्वजनिक सुनुवाई मार्फत जानकारी दिए । साथै नगरप्रमुख भामले राज्यबाट उपलब्ध गराउने सेवा सुविधा पनि त्याग गरेका छन् । जसमा उनले आजसम्म मोवाइल सञ्चार खर्च नलिएको, आवास सुविधा नलिएको र पाँच आफूले पाउने वर्षको तलबबाट एम्बुलेन्स खरिद गर्ने समेत घोषणा गरेका छन् ।
मुगु
प्रतिक्रिया