दलित बालबालिकाको शिक्षामा सुधार गर्न अन्तरक्रिया

कालिकोट । दलित बालबालिकाको शिक्षामा सुधार गर्न नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटले अन्तरक्रिया गरेको छ । संघले शैक्षिक सवालहरुमा साझा अवधारणा र आगामी निकासको लागी अन्तरक्रिया कार्यक्रम गरेको हो । खाँडाचक्र नगरपालिका ५ मा बिहिबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटको आयोजनामा एक कार्यक्रमको आयोजना गरी दलित समुदाय तथा अति विपन्न बालवालिकाहरुको शैक्षिक क्षेत्र सुधारका लागि कार्यक्रम भएको हो ।

खाँडाचक्र नगरपालिका ५ का अध्यक्ष देउराम कामी (विक) को प्रमुख आतिथि तथा राजनैतिक दल बुद्धिजिवी, सम्पूर्ण स्थानीय शैक्षिक सरोकारवालाहरुको उपस्थितीमा कार्यक्रम भएको हो ।

दलित बालबालीकाको शिक्षामा सुधार गर्नको लागी उठेका शैक्षिक सवालहरुमा साझा अवधारणा र आगामी निकासको लागी लवि पैरवि सहितको अन्तरक्रिया गर्न यहाँका दलित बालवालिका तथा अन्य बालवालिका हितका लागि रहेको खाँडाचक्र नगरपालिका वडा नं। ५ वडाध्यक्ष देउराम कामीले बताए ।

कार्यक्रम अधिकृत गोरख नेपालीले कार्यक्रममा छात्रवृत्ति कार्यक्रमको सहजिकरणसहित विस्तृत जानकारी गराए । स्थानीयतहको शिक्षा नीति, शैक्षिक योजना, आगामी दिनमा सुधारका लागी स्थानीय सरकारले गर्नुपर्ने कार्यनीतीका बारेमा वडाध्यक्ष देउरामले प्रष्ट पारे।

दलित समुदायमा शैक्षिक सचेतनाको कमी र आर्थीक अवस्था कम्जोर भएकोले नै दलित बालबालीकाहरुले उचित मात्रामा शिक्षा हाँसील गर्न नसकिरहेको सहभागिहरुको निष्कर्ष थियो ।

विद्यमान अवस्थालाई निराकरण गर्नको लागी स्थानीय वडा सरकारले निकट भविष्यमै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघसँग सहकार्य गर्दै अभिभावक सचेतना घरदैलो अभियान सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरेकोले दलित बालबालीका तथा अभिभावकहरुमा शैक्षिक जागरण आउने विश्वास गरिएको छ ।

दलित बालबालीकाको शिक्षामा सुधार गर्नको लागी शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार र सम्पूर्ण शैक्षिक सरोकारवालाहरुको आफ्नो आफ्नो दायित्व अनुसार अनिवार्य जिम्मेवारी पुरागर्ने र वडास्तरीय शिक्षा समितिलाई गतिशिल बनाई नियमित, मासिकरुपमा बैठक बसी विद्यालयहरुमा अनुगमन तथा नियमन गर्ने प्रतिबद्धता सहित साझा निर्णय पारित गरिएको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ तथा सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालीत नेपाल छात्रवृति कार्यक्रम अन्तरगत दलित बालबालिकाको शैक्षिक अवस्थामा सुधार गर्न र पहुँच अभिवृद्धी गर्नको लागी नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा कालिकोटले विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया