बज्जी साहित्यिक त्रैमासिक प्रकाशित

मधेस ब्युरो । बज्जिका भाषा र साहित्यको अग्रणी पत्रिकाको रुपमा रहेको बज्जी साहित्यिक त्रैमासिक प्रकाशित भएको छ । पत्रिकाको तेरौँ एक समारोहबीच बज्जिकासेवीहरुले सार्वजनिक गरेका हुन् ।

बज्जिका भाषा विकास परिषद नेपालका अध्यक्ष तथा बज्जिका अभियन्ता शिवचन्द्र साह, बज्जिका कविताका लागि स्थापित पहिलो तुलसी साहित्य पुरस्कारका संस्थापक तथा व्यवसायी धर्मनाथप्रसाद जयसवाल, बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण, अनिता–शिव प्रतिष्ठानका उपाध्यक्ष सतिश गुप्ताका साथै बज्जिका साहित्यकार सञ्जय साह मित्रले पत्रिकाको नयाँ अंक सार्वजनिक गरेका हुन् ।

नेपालमा बज्जिका भाषाको प्रदेशगत तथा जिल्लागत तथ्यांक प्रस्तुत गरिएको र बज्जिका भाषाको लेखनमा एक रुपता हुनुपर्ने सम्बन्धी विशेष आलेखका साथै नेपाली मातृभाषीहरुको रचनासमेतले यस अंकलाई विशेष बनाएको बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष यादवले बताए ।

प्रतिक्रिया