लोपहुँदै, मिथिला ऐतिहासिक लोकनाच

सिराहा । सातौँ र आठौँ शताब्दीदेखि मिथिला क्षेत्रमा लोकप्रिय बनेका प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक लोकनाच लोप हुँदै गइरहेका छन् ।

लोकनाचका माध्यमले समाजलाई नैतिक, आध्यात्मिक तथा सांस्कृतिक सन्देशहरु पौराणिक तथा प्राचीन नाचहरु संरक्षणको अभावमा लोप हुँदै गएका हुन् ।

इन्टरनेटको बढ्दो प्रयोग तथा उचित संरक्षण अभावमा सातौँ र आठौँ शताब्दीदेखि मिथिला क्षेत्रमा प्रचलनमा रहेका मिथिला क्षेत्रका ऐतिहासिक, प्राचीन लोकनाच राजा सलहेस, शितवसन्त, रुनाझुना, जंगली बादशाह, गोपीचन्द, कुँवर वृजभान, सुन्दर बनको सुन्दर फूल, अल्लाह रुदल, गुगली घाट, साँमाचकेवा, कमला मैयाँजस्ता नाच लोप हुन लागेका छन् ।

यस्तै, जय विषहरा, दुलहा दयालासिंह, विदेशिया, दिनाभद्री, लोरिक, राजानल, राजा हरिश्चन्द्र, सती विहुला, कारिक, महराई शोरवा महाराज, महराई, कारिक महाराज, आल्ला रुदल, झगडु मल जस्ता ऐतिहासिक लोकनाच पनि लोप हुन लागेका छन् । यी नाचहरुमा आश्रित कलाकार पलायन समेत भएका छन् ।

नाच कम्पनी बन्द हुन थालेपछि त्यसमा संलग्न कलाकार रोजगारीका लागि मलेसिया, साउदी कतारलगायतका खाडी मुलुक तथा छिमेकी देश भारततर्फ पलायन भएका छन् ।

आधुनिकताको विकाससंगै विभिन्न प्रकारका विद्युतीय उपकरणले सरल र सहजै रुपमा घरमा चाहेको बेला हेर्ने सकिने र युवा पुस्ताले वेवास्ता गरेका कारण लोक संस्कृतीमा अधारित नृत्यहरु लोक हुन थालेको लोक कलाकारहरु बताउँछन् ।

धार्मीक परम्परागत विषय वस्तुमा अधारित रहेको लोक नाचें प्रस्तुत गर्ने जादाँ आफूहरुलाई युवा पुस्ताबाट नै गलत दृष्टि हेर्ने गरेको लोक कलाकारहरु बताउँछन् । परापूर्व कालदेखिनै रहेको विषयवस्तुलाई प्रस्तुत गर्दा लोक नायकहरुलाई वृद्ध तथा अधवैसेँले पनपराउने भएता पनि युवा पुस्तालाई उच्चशिखल खाले मन पर्ने भएको कारण उनीहरुले लोक नाच प्रस्तुतिलाई रुचाउदैन् ।

संस्कृति संरक्षण गर्ने हिसाबले प्रस्तुत गर्ने लोक नृत्यहरुले समाजमा मैथिल लोक व्यवहारलाई उजारगर गर्दै समाजमा आफ्नो संस्कृतिप्रति आस्था जाग्रित गराउन प्रस्तुत गर्ने नृत्यलाई राम्रो नमान्ने प्रवृत्ति बढेको नाच कलाकारहरु बताउँछन् ।

विगतको भन्दा अहिले पाँच प्रतिशतको हाराहारीमा मात्र यस्ता नाँच प्रचलनमा छन् । ३ सयभन्दा बढी नाँच कम्पनी रहेको सप्तरी, सिरहा र धनुषा जिल्लामा अहिले खोज्दा विरलै पाइन्छ ।

सिरहामा रहेका १०० भन्दा बढी नाच कम्पनी बन्द भइसकेको कलाकार बताउछन् । मिथिला क्षेत्रका ग्रामीण क्षेत्रमा लोकप्रिय रहेका यस्ता लोकनाच तत्कालीन सशस्त्र द्वन्द्वकालमा बढी प्रभावित भएको र त्यसयता निरन्तर रूपमा विस्थापित हुनेक्रम जारी रहेको कालाकारहरुको भनाइ छ ।

खासगरी विवाह, शुभकार्य, उत्सव र चाडपर्वका बेला लोकनाच गराउने परम्परा रहेकामा पछिल्लो समय १० प्रतिशत जति विवाहका बेलामा ग्रामीण क्षेत्रमा मात्र यस्ता लोकनाचको माग आउने गरेको नाच कम्पनीहरु बताउछन् । सिरहाको अर्नामा गाउँपालिका–४ निवासी विन्दु सदा भन्छन्, ‘वर्षमा एक/दुई पटक मात्र लोकनाच हुने गरेकाले कलाकार रोजगारीको खोजीमा पलायन भएका छन् ।’
केही वर्ष अघिसम्म नाच कम्पनीबाटै वार्षिक पाँच/सात लाखभन्दा बढी आम्दानी हुने गरेको स्मरण गर्दै अर्का नाचका कलाकार फनिरामले भने, ‘कुनै बेला मिथिला क्षेत्रमा लोकनाच प्रसिद्ध थियो, तर अहिले लोप हुँदै गएका छन् ।’ नाच कम्पनी बन्द भएपछि परिवार पाल्न पनि समस्या भएकाले आफूले पनि भारततिरै कमाउन गएको उनले बताए ।

राज्यले मैथली सस्कृक्तिलाई संरक्षण तथा सम्वर्धन गर्न उदासी भएका कारण लोप हुन थालेको समजसेवी, बुद्धिजीवीहरु बताउँछन् । लोक व्यवस्थालाई समाजमा उजागर गरी विकृतीरहीत समाज निमार्णमा अहम् भूमिका निर्भाह गर्ने र लोक नृत्यसहित अन्य प्राचिन इतिहास बोकेको संस्कृति जोगाउन अभियानकर्ताहरुले ध्यान नदिएको र कलाको सम्मान नहुनु, राज्यबाट यस्ता नाचको संरक्षण नहुनु, कलाकारलाई प्रोत्साहन नहुनुजस्ता कारणले ऐतिहासिक महत्वका यस्ता नाँच लोप भइरहेका छन् ।

ऐतिहासिक र प्राचीन घटनामा आधारित यी लोक नाच लोप हुन लागेकामा संस्कृति विद्समेत चिन्तित छन् । लोकनाचको संरक्षणमा तीनै तहका सरकार उदासीन रहेको छ । मिथिला क्षेत्रसँग जोडिएको पल्लवित र पुष्पति भएका यस्ता लोकनाचको संरक्षण तथा सम्वद्र्धनमा ध्यान नदिए मिथिला क्षेत्रका संस्कृति हराउँदै जाने भएकाले स्थानीय निकायमार्फत बजेट छुट्याउनु पर्ने माग कलाकारको छ ।

प्रतिक्रिया