क्रेस्टकाे अध्यक्ष मोरको शपथ

काठमाडौँ । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । मोरले नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष बुधबार शपथग्रहण गरेका हुन् ।

गत चैत ५ गते सम्पन्न कम्पनीको प्रथम वार्षिक साधारणसभाबाट मोर संस्थापक सेयरधनी समूहबाट सदस्यमा निर्विरोध निर्वाचित भएका थिए । सोही सभापछि बसेको सञ्चालक समितिको बैठकले मोरलाई अध्यक्षमा नियुक्त गरेको थियो ।

सभाले संस्थापक समूहबाट मोरसहित मृदुला सरिया, रोहित करण बैध र विदुर पुरीलाई कम्पनीको सञ्चालक पदमा र्निविरोध निर्वाचित गरेको थियो । साथै, यसअघि नै स्वतन्त्र सञ्चालकमा पवित्रलाल चुकेलाई गरिएको नियुक्तिलाई सभाले स्वीकृति प्रदान गरेको थियो ।

प्रतिक्रिया