प्रधानमन्त्री दाहाल र कतारका राजा थानीको भेटवार्ता, दुई देशबीचको सम्बन्धबारे छलफल

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका कतारका (राजा) अमिर शेख तमिम विन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । बुधबार राजधानीको सोल्टी होटेलमा भएको भेटवार्ता सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

नेपालको राजकीय भ्रमणका लागि प्रतिनिधिमण्डलसहित मंगलबार काठमाडौं आइपुगेका कतारी अमिर शेखले मंगलबार साँझ नै राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए ।

फेरि बुधबार प्रधानमन्त्री दाहालसँग भएको भेटवार्तामा दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा केन्द्रित भएको आचार्यले बताए ।

आज दोस्रो दिन प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका शेखको स्वागतमा आज दिउँसो प्रधानमन्त्री प्रचण्डले द्वारिकाज होटलमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ । कतारी अमिर शेख आजै स्वदेश प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया