उपेन्द्र यादव नेतृत्वको जसपा फुट्यो, अशोक राईले नयाँ दल दर्ता गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल पार्टी फुटेको छ । आइतबार उक्त पार्टीका वरिष्ठ नेता अशोक राईले आफ्नो पक्षमा बहुमत रहेको दाबीसहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोगमा गएका छन् । नेता राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उपेन्द्र यादव नेतृत्वको जसपासँग संघीय संसदमा १२ जना सांसद छन् । उनीहरुमध्ये ७ सांसद निर्वाचन आयोग पुगेको सांसद प्रदीप यादवले जानकारी दिए । नयाँ दलको नाम नेपाल हटाएर जसपा मात्र राखिएको बताइएको छ । प्रतिनिधिसभामा हाल जसपाका १२ सांसद छन् ।

तीमध्ये विभाजनको पक्षमा ८ जना सांसद उभिएको बताइएको छ । अहिले दल दर्ता प्रक्रिया चलिरहेको सांसद सुशीला श्रेष्ठले बताइन् । अशोककुमार राई, नवलकिशोर साह, रञ्जु ठाकुर, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ र प्रदीप यादवलगायत पार्टीको बहुमत सदस्य आफ्नो पक्षमा रहेको उनको दाबी छ । अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला राईले पार्टी विभाजन गरेका हुन् ।

प्रतिक्रिया