‘फिरफिरे फिरिरी’को शुभ–मुहूर्त

काठमाडौं । विन्ध्यवासिनी क्रिएसनको ब्यानरमा मनोजकुमार अधिकारीको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘फिरफिरे फिरिरी’ शुभमुहूर्त गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच मुहूर्तसँगै फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको जेष्ठको पहिलो साताभित्र छायांकन सक्ने लक्ष्य निर्माण युनिटको छ ।
आगामी दसैँमा रिलिज गर्ने योजनासहित फिल्म निर्माण हुन लागेको हो । निर्माता अधिकारीले यसअघि ‘नौ डाँडापारी’, ‘मंगलसूत्र’ जस्ता फिल्म निर्माण गरेका थिए ।

फिल्मको निर्देशन नवीन भट्टले गर्दै छन् । भट्टको यो निर्देशनमा डेब्यु फिल्म हो । सोसल, हरर, कमेडी जनरमा निर्माण हसन लागेको फिल्मका लेखक सन्दीप श्रेष्ठ तथा नवीन भट्ट हुन् ।
फिल्ममा शंकर सेढाई, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, सन्दीप श्रेष्ठ र मनोजकुमार अधिकारीको अभिनय रहनेछ ।
जितु तामाङको छायांकन, पिटर प्रिन्स कार्यकारी निर्माता रहेको फिल्ममा प्रशान्त सिवाकोटीले संगीत दिनेछन् ।

प्रतिक्रिया