अधिकांश वाणिज्य बैंकहरूको नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरूको नाफा साढे १३ प्रतिशत घटेको छ । चैत मसान्तसम्म बैंकहरूको नाफा १३.४७ प्रतिशत घटेर ४० अर्ब ६८ करोड ३० लाख ५२ हजार रुपैयाँ आर्जन गरेका हुन् । गत वर्षको चैतमा ४७ अर्ब १ करोड ५२ लाख ९३ हजार रुपैयाँ खुद नाफा गरेका थिए । समीक्षा अवधिमा ७ वटा बैंकको खुद नाफा बढेको छ भने १३ वटा बैंकको नाफा घटेको छ । बैंकहरूको खराब कर्जा बढेका कारण नाफामा ठूलो असर गरेको देखिन्छ । अर्थतन्त्रमा देखिएको समस्या र उच्च ब्याजदरका कारण ऋणीहरूले समयमा कर्जा नतिरेपछि एनपीएल बढेको बैंकरहरू बताउँछन् । खराब कर्जा अनुसारको रकम प्रोभिजिङ गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

कृषि विकास बैंकको ९७.२२ प्रतिशत बढेर २ अर्ब ५ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २७.७० प्रतिशत बढेर १ अर्ब ६१ करोड रुपैयाँ, प्राइम बैंकको १६.६६ प्रतिशत बढेर २ अर्ब ८७ करोड रुपैयाँ, सिद्धार्थ बैंकको १३.०१ प्रतिशत बढेर १ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेका छन् ।

हिमालयन बैंकको १२.०३ प्रतिशत बढेर १ अर्ब ९४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकको ७.५२ प्रतिशत बढेर ३ अर्ब २७ करोड रुपैयाँ, एभरेष्ट बैंकको ५.७७ प्रतिशत बढेर २ अर्ब ६० करोड रुपैयाँ नाफा गरेका हुन् ।

सिटिजन्स बैंकको १.९९ प्रतिशत घटेर १ अर्ब २१ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६.२४ प्रतिशत घटेर २ अर्ब ४४ करोड रुपैयाँ, प्रभु बैंकको ७.२७ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपैयाँ, नबिल बैंकको ८.७५ प्रतिशत घटेर ४ अर्ब ६६ करोड रुपैयाँ, सानिमा बैंकको १५.९० प्रतिशत घटेर १ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।

एनएमबि १६.४३ प्रतिशत घटेर २ अर्ब २४ करोड रुपैयाँ, कुमारी बैंकको १९.११ प्रतिशत घटेर १ अर्ब ५ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ३५.४४ प्रतिशत घटेर १ अर्ब १६ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ३६.७२ प्रतिशत घटेर ८५ करोड ५४ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ५३.३० प्रतिशत घटेर १ अर्ब ९१ करोड रुपैयाँ, नेपाल बैंकको ९२.६७ प्रतिशत घटेर १ अर्ब ३० करोड रुपैयाँ नाफा गरेका हुन् ।

प्रतिक्रिया