हमासको आक्रमणमा मृत्यु भएका आनन्दको परिवारलाई पाँच लाख सहयोग

मधेस ब्युरो । इजारयलमा हमासको आक्रमणमा परेर मृत्यु भएका धनुषाका आनन्द साहको परिवारलाई रु पाँच लाख सहयोग गरिएको छ ।

इजरायल र हमासबीच भएको द्वन्द्वमा परेर गत असोजमा मृत्यु भएका धनुषाका साहको परिवारलाई मधेस सरकारले रु पाँच लाख रकम सहयोग प्रदान गरेको हो ।

मधेस सरकारबाट घोषणा भए अनुरुप मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार (आज) मृतक साहका बुवा सोमन साहलाई रु पाँच लाखको चेक हस्तान्तरण गरेका छन् ।

गत असोज २० गते इजरायलको मध्य र दक्षीण क्षेत्रमा हमास समूहले गरेको आक्रमणमा परेर धनुषाको लक्ष्मिनिया गाउँपालिका– ४ बस्ने आनन्द साहसहित अध्ययन भ्रमणमा इजरायलमा रहेका १० जना विद्यार्थीको मृत्यु भएको थियो ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया