रामजानकी आधारभूत विद्यालयमा आफ्ना नातेदारलाई नियुक्ति गर्न दबाब

रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिका– ७ पथराबुधराममा रहेको रामजानकी आधारभूत विद्यालयमा आफन्तलाई नियुक्ति गर्न प्राध्यानध्यापकलाई दबाब दिएको विषय बाहिरिएको छ । बिना कुनै सूचनाको गोप्यरुपमा नगरपालिकाका नगरप्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षलगायत कार्यपालिका सदस्यले आफ्नो बुहारीलाई बाल विकास शिक्षिका पदमा निक्ति गर्न दबाब दिएको विषय सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार मुखिया र प्राध्यानध्यापक प्रेम शंकर प्रसाद साहबीचको फोन वार्तालाप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सार्वजनिक भएको उक्त आडिओ क्लिपमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले आफ्नो साली नाता पर्नेलाई बाल विकास शिक्षकमा नियुक्ति गर भन्दै दबाब दिएको प्राध्यानध्यापक साहले बताएका छन् ।

नगरपालिकाले सार्वजानिक सूचना नै नगरी गोप्यरुपमा नियुक्ति गर्न लागेको विषय प्राध्यानध्यापक र व्यवस्थापन समिति अध्यक्षबीच भएको वार्तालापमा स्पष्टरुपमा नगरप्रमुख रीना कुमारी साह र प्रतिनिधिसभा सदस्य एवं आम जनता पार्टीका अध्यक्ष प्रभु साहले दबाब दिएको प्रष्ट भएको छ भने निक्ति नगरे अन्यत्र सरुवा गरिदिने धम्की दिएको बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुखियाले वाल विकासको एउटा पदमा न्युक्ति गर्न वड़ा नम्बर ७ का वड़ा अध्यक्ष रामपुकार साह ,वड़ा सदस्य एवं कार्यपालिका सदस्य प्रतिमा देवी साहले बुहारी राम बाबू साहको श्रीमती निभा कुमारी साहलाइ नियुक्ति गराउन लागि परेको बताएका छन १ प्रतिमा देवी साहको ससुरा बिगु साहको बुहारी निभा देवीलाइ निमित प्रमुख प्रसाशकीय अधिकृत रामबाबू साहले मेरो साली भएकोले नियुक्ति गरी दिन दवाव दिने गरेको हो १ प्राध्यानध्यापक साहले भनेका छन दिलीप साहले समर्थन नगरे सम्म नियुक्ति गर्न सकिदैन चाहे जून ठाउमाँ सरुवा गरिदिनु १ बाल विकास शिक्षक नियुक्तिको दवावको कारन विद्यालयमा सञ्चालन भएको वार्षिक परीक्षाको नतीजा समेत अहिले सम्म सार्वजानिक गर्न नसकिएको उहाले अडियोमा भनेका हुन १
वडा सदस्य दिलीप साहले गाउँकै ठाकुर महतोको बुहारी ओमप्रकाश महतोको श्रीमती सुमिन्त्रा देवीलाइ बाल विकाशमा नियुक्ति गराईदिने बचन दिएको र अहिले आएर आफ्नो भाई बुहारी अनिल कुमार साहको श्रीमती उषा कुमारी साहलाइ नियुक्ति गराउन खोजेपछि भएको गोप्य सहमति भंग भएको व्यवस्थापन समितिका अध्यक्ष मुखियाले बताए ।

अध्यक्ष मुखियाले व्यवस्थापन समितिको निर्णय नै नभएको अवस्थामा मेयर, हाकिम, वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, आफ्नो नातागोतालाई नियुक्ति गर्न खोजेको आरोप लगाएका छन् । उनले शिक्षामा परिवारवाद गर्ने नगरपालिकाका जिम्मेवार व्यक्तिको कारण स्तरीय शिक्षाको विकास हुन नसकिने टिप्णी गरेका छन् ।

प्रतिक्रिया