अहिले भारतका बौद्ध धर्मावलम्बी मध्ये ८७ प्रतिशत नवयान सम्प्रदायका छन् । नवयानहरूले आम्बेडकरलाई भगवान् बुद्धलाई जस्तै पुज्ने गर्छन् । हिन्दू धर्मको कुरीतिबाट मुक्ति पाउन बौद्ध धर्म अँगालेका आम्बेडकरले त्यसमा पनि मुक्ति भेटेनन् र अन्त्यमा एउटा अलग धर्म निर्माण गरे, र अन्ततः आफैँ भगवान्मा रूपान्तरित भए ।
नेपालमा अचेल आम्बेडकर निक्कै लोकप्रिय हुन थालेका छन् । विशेषगरी उनले दलित मुक्तिका लागि गरेका कार्यका लागि उनको प्रशंसा गरिन्छ । अझ धेरैले बाबा साहेबले हिन्दू धर्मलाई परित्याग गरेकोमा झनै प्रशंसा गर्छन । हुन पनि हो, १९३५ मा आम्बेडकरले घोषणा गरेका थिए, ‘म हिन्दूको रूपमा जन्मेको थिए तर हिन्दूको रूपमा नमर्नको लागि दृढ प्रतिज्ञा छु । म मलाई र मेरो समुदायलाई कुन धर्मले बढी उदारता र मानवता दिन सक्छ भने पत्ता लगाउनेछु ।’
आम्बेडकरले यो घोषणापछि क्रिस्चियन, इस्लाम, सिख, जैन र बुद्धिजमबारे खोज अनुसन्धान गर्न थाले । इसाइ र इस्लाम धर्म विदेशबाट आयातित धर्म भएकोले यिनीहरूलाई पूर्ण रूपमा इन्कार गरे । बुद्धधर्म भारतको स्वदेशी धर्म भएकोले यसप्रति आम्बेडकरले झुकाव राखे । आम्बेडकरले अक्टुबर १४, १९५६ मा आफ्ना लाखौँ अनुयायीहरूसँगै हिन्दू धर्म परित्याग गर्दै बुद्ध धर्म अँगाले । १९५६ बुद्धको जन्म भएको २५०० वर्ष थियो । सो अवसरमा आम्बेडकरले आफ्ना अनुयाइहरूलाई २२ वटा कसम खान लगाए । ती कसम मध्ये धेरै वटा हिन्दू धर्ममा विधिविधान परित्यागसम्बन्धी, बुद्ध धर्म पालनसम्बन्धी र नैतिक आचरण पालनसम्बन्धी रहेका छन् ।
तर, हिन्दू धर्म परित्याग गरेर बुद्ध धर्म अपनाएको केही समयपछि नै आम्बेडकरले बुद्धधर्मका समस्या र सीमाहरू थाहा पाए । परम्परागत बौद्ध धर्मप्रति उनको मोह भंग भइसकेको थियो । आम्बेडकरले बुद्ध धर्म सुधार गर्नेतर्फ प्रयास थाले । आम्बेडकरले आफ्नो अन्तिम पुस्तक ‘द बुद्ध एन्ड हिज धम्म’मा यो धर्मका चार प्रमुख कमजोरीहरू औँलाएका छन् । ति कमजोरीहरू यसप्रकार छन्,
१. आम्बेडकरले भगवान् बुद्धको मिथकबारे प्रश्न उठाएका छन् । कसरी गौतमले २९ वर्षको उमेर सम्ममा पनि दुःख, रोग र मृत्यु जस्ता कुराहरू मात्र थाहा पाए ? के यस्ता कुरा थाहा पाउन धेरै ढिलो भएन र ? बुद्धको कथामा केही कतै नमिल्दो छ । यस्ता कुराहरू अचेलको पुस्ताले यस्ता कुरा किशोर अवस्थामै थाहा पाउँछन् र हामी उनीहरूलाई यस्ता चिजलाई सामना गर्न र एउटा निश्चित रूपमा समाधान गर्न प्रोत्साहित गर्छौं ।
२. दोस्रो समस्या दुःखको कारणबारे रहेको छ । बुद्धको आर्यसत्यका अनुसार दुःखको कारण मोह र अज्ञानता नै हो । तसर्थ कोही दुःखबाट ग्रसित छ भने उसलाई भन्ने गरिन्छ आफ्नो मनोवृत्ति बदल, ध्यान गर, नैतिकवान बन तिम्रो जीवनमा सुधार आउनेछ । तर, सामाजिक आर्थिक रूपमा दबिएका मानिसहरूले आफ्नो काबुभन्दा बाहिरको परिस्थितिलाई यसरी बदल्न सक्छन् त ?
३. आम्बेडकरका अनुसार तेस्रो समस्या कर्म र पुनर्जन्मको बारेमा छ । के हामी पुनर्जन्ममा विश्वास गर्छौं ? के यो जन्ममा गरेका असल कर्मले यो जन्ममा मात्र होइन अब आउने अर्को जन्मको समेत कारण बन्न सक्छ ? के अहिले अपांग बनेर जन्मेको बच्चा अघिल्लो जन्मको कर्मको कारणले यस्तो भएको हो । कर्म र पुनर्जन्मको अवधारणासँग अम्बेडकरलाई यसकारणले पनि समस्या थियो कि यसले दलित समुदायको अवस्थालाई यसले कुनै मद्दत गर्दैन थियो ।
४. आम्बेडकरका अनुसार बुद्धधर्म प्रतिको अर्को मुख्य गुनासो भिक्षुको भूमिकाप्रति रहेको थियो । के भिक्षुले परिवार, समाजिक दायित्वबाट पन्छेर खाली माग्न र कर्मकाण्ड र ज्ञान बाँड्न मात्र समाजमा आउन मिल्छ ? के भिक्षुहरूले ध्यान गरेर बस्नुको साटो आममानिसहरूले जीवन सुधार्नका लागि अघि बढ्नु पर्दैन ? भिक्षुहरूलाई सामाजिक कार्यकर्ताको रूपमा तालिम दिन सकिँदैन ? आम्बेडकरले बौध भिक्षुहरूलाई प्रोटेस्टेन्ट र जेसुयट मिसिनरिहरूजस्तै स्कुल चलाउने र अस्पताल चलाउनेजस्ता काम गर्नु भन्ने चाहना राख्थे ।
बुद्ध धर्मका यिनै गल्तीलाई सच्याएर बुद्ध धर्मको नयाँ स्वरूप नवयान सुरु गरे । आम्बेडकरका अनुसार उनको धर्म न त महायानजस्तो हुनेछ न हीनयानजस्तो हुनेछ । किनकी यी दुवै सम्प्रदायमा केही अन्धविस्वासी कुराहरू रहेका छन् । तसर्थ मेरो बौद्ध धर्म नवयान हुनेछ । जसमा बुद्धका मूलभूत सिद्धान्त र विवेकवादी सिद्धान्तहरू सामिल हुनेछन् । यसमा कुनै पनि अन्धविश्वास र कुरीतिहरूलाई कुनै ठाउँ हुने छैन । यो शुद्ध बौद्ध धर्म हुनेछ । एउटा पत्रकारले आम्बेडकरलाई सोधे, ‘के तपाईंको नयाँ धर्मलाई भिमयान भन्न मिल्छ ?’ आम्बेडकरले जवाफ दिए, ‘तपाईंले भन्न सक्नुहुन्छ तर म भन्न सक्दिनँ । किनकी म आफूलाई बुद्धसँग दाँज्न सक्दिनँ ।’
अहिले भारतका बौद्ध धर्मावलम्बी मध्ये ८७ प्रतिशत नवयान सम्प्रदायका छन् । नवयानहरूले आम्बेडकरलाई भगवान् बुद्धलाई जस्तै पुज्ने गर्छन् । हिन्दू धर्मको कुरीतिबाट मुक्ति पाउन बौद्ध धर्म अँगालेका आम्बेडकरले त्यसमा पनि मुक्ति भेटेनन र अन्त्यमा एउटा अलग धर्म निर्माण गरे, र अन्ततः आफैँ भगवान्मा रूपान्तरित भए ।
लामाजीको कुरा
बागमती नदीको दुर्दशा कस्तो छ बयान गरिरहन नपर्ला । यही दुर्दशा देखेर होला एकजना वरिष्ठ लामा गुरुले मलाई बोलाएर भन्नुभयो, ‘मोहन जी, बागमतीको नदीलाई कलकल गर्दै कञ्चन पानी बगाएर लैजाने केही उपाय छैन ?’ उहाँले भन्दै हुनुहुन्थ्यो बागमतीको शिवपुरी जंगलस्थित बागद्वारदेखि नदीको दायाँबायाँ बाट बगेर आउने ढल पानीलाई दुईतर्फ ढल बनाएर त्यसमा हुल्ने, त्यसो भएमा बागमतीको मुहानबाट बगेको पानी पशुपतिनाथ मन्दिर हुँदै तलतिर टेकुसम्म त्यस्तै निर्मल कञ्चन पानी बग्ने थियो भन्दै मुहानदेखि नदीको दायाँबायाँ तारबार लगाएर बोट बिरुवा लगाउने यसले नदीको प्राकृतिक गुण र शोभा पनि बढाउँछ भन्नुभयो ।
मैले उहाँलाई थप सोधेँ, ‘तपाईंले यससम्बन्धी केही पहल गर्नुभएको पनि थियो कि ?’ उहाँले निराश मुद्रामा भन्नुभयो, ‘गरेको थिएँ, फलानो मन्त्रीसँग, सम्बन्धित अधिकारीसँग पनि प्रस्ताव गरेको थिएँ ।’ के थियो प्रतिक्रिया उहाँहरूको ? जवाफमा उहाँले भन्नुभयो, ‘ठिकै थियो खै उनीहरूलाई मात्रै के दोष दिने ? यो काम गर्न जहाँबाट स्वीकृत लिनुपर्ने हो त्यहाँबाट नदिने रहेछ । तपाईंहरू सक्नुहुन्छ भने यो काम गर्नुहोस् भनेर बोलाएको हुँ ।’ म मेरो गुम्बाको तर्फबाट एक करोड रुपैयाँ चन्दा दिन्छु र आयोजना सुरु भएको बेला गुम्बाबाट एक हजार लामा ल्याएर श्रमदान गराउनेछु भन्नुभयो ।
म ट्वाल्ल परेँ । मृत भएको बाग्मती नदीको जीवनदानको कुरा थियो, तर त्यो मेरो क्षमताभन्दा बाहिरको कुरा थियो । मैले एक–दुई जना चल्तापुर्जा हिन्दू अभियन्ता गुरुहरूलाई लगेर लामाजीसँग भेटाएँ, उहाँले त्यही कुरा दोहो¥याएर भन्नुभयो । यो काम गर्नुहोस् तपाईंहरूले, मैले सकिनँ, म मेरो व्यक्तिगत तर्फबाट यसरी सहयोग गर्छु भनेर भन्नुभयो । त्यति मात्र होइन उहाँहरूलाई काठमाडौंमा छाडा छोडिएको गाईलाई राख्न गौशालाको लागि एक सय रोपनी जग्गा गाउँमा दान पनि दिनेछु भनेर भन्नुभयो ।
हाम्रो हिन्दू बौद्धको धार्मिक सांस्कृतिकसँग जोडिएको बागमती नदीको पुनर्जीवन दिने ‘फाइल’ कहाँनेर कसरी अड्किन्छ कसले अड्काउँछ भनेर बुझ्न सर्वसाधारणले त बिचरा कसरी थाहा पाउनु र तर मैँ हुँ बाठा भन्दै युट्युबतिर गफ दिँदै हिँड्नेहरूले पनि बुझ्न अझै कति दशक लाग्ने हो थाहा छैन । अहिले बाग्मती सफाइ भन्दै गन्जी लगाएर अभियान चलाउने भनेको कार्टुनमा देखाएको जस्तो ट्वाइलेटको ढल माथिबाट नदीमा हालेर तलतिर प्लास्टिक टिप्दै सफाइ भन्नुजस्तो हास्यास्पद काम अरू के हुनसक्छ ? अनि पत्यार मान्ने हामी नेफोलीहरू पनि फेरि कस्ता ?
ट्वाइलेटको ढलको पानीमा प्लास्टिक टिपेर बागमतीको पानी सफा हुने होइन, अब गर्ने हो भने तिनै लामाले भनेको जसरी दुबै तर्फबाट नदीमा मिसिन आउने फोहोर पानीलाई कटाएर लैजान ढल निर्माण गरेर बागमतीको पानी मुहानबाट तल चोभारसम्म निर्मल कञ्चन पानी बग्ने वातावरण बनाउन पर्छ र त्यो सकिन्छ आँट्नु पर्छ । कुनै ठूलो कुरा छैन त्यति काम सहजै सकिन्छ । मात्रै सम्बन्धित निकायले लौ गर भनेर यस्तो स्रोत साधन जुटाउन सक्ने धर्म गुरु लामाहरूलाई बाटो खुल्ला गरिदिनुपर्छ । अन्यथा बागमतीको सफाइको नाममा व्यापार ग¥यो बस्यो दुई–चार जना मोटोघाटो हुन्छ त्यत्ति हो ।
एक बिहारी सबपर भारी
राजनीतिक एजेन्डा जेसुकै होस् । तपाईं सहमत असहमत हुन सक्नुहुन्छ । तर, जुनसुकै नेताले राज्यसत्ताको विरुद्धमा आन्दोलनको घोषणा गरेपछि जनतालाई सडकमा उतारेपछि त्यसको नेतृत्व गर्ने नेताले राजेन्द्र लिंगदेनले जसरी आन्दोलनको अग्र मोर्चामा उभिनुपर्छ । प्रहरीले राखेको ब्यारिगेट तोड्ने हो भने आफैँ अगाडि उभिएर छाति फर्काउन पर्छ ।
तर, अस्ति के भयो राजेन्द्र महतोको आन्दोलनमा ? ब्यारिगेट तोड्न युवाहरूलाई पठाएर आफूचाहिँ मन्दिरपछाडि गाडीभित्र लुसुक्क लुकेर बस्यो । जब प्रहरीले प्रतिकार ग¥यो केही मिनेट अघिसम्म मुक्ति क्रान्तिको कुरा गर्दै भाषण दिँदै गरेको जातिवादी तामाङ र नेवार नेताहरू मृग बरु ढिलो कुद्ला त्यत्ति छिटो सहिद गेटतिर कुदिरहेका थिए । यसैलाई भन्छ एक बिहारी सब पर भारी । दुई–तीन वर्षदेखि बिहारी मूलका राजेन्द्र महतोको दोकान बिस्तारै मधेसमा हराउँदै जान थाल्यो । यसपटक मधेसी जनताले चुनाव हराएपछि त झन् उपेन्द्र यादव र महन्त ठाकुरले भाउ दिन छोड्दै गयो भने अर्कोतिर आफ्नो क्षेत्रमा सिके रावतहरूको उदय हुँदै आएपछि राजनीतिक अस्तित्वको संकट पर्दै जान थाल्यो ।
त्यसपछि उनले बुद्धि फुरायो । अब नयाँ नयाँ स्टन्ट नगरे राजनीति जोगाउन सकिन्न भन्ने लाग्यो । उनले आइडिया सोच्यो । मधेसमा बस्ने मधेसीहरूले नपत्याए पनि पहाडी क्षेत्रमा अझै पनि खोपडीमा गिदी हुनुपर्ने ठाउँमा लिदी भरेका भुसतिघ्रे तथाकथित जनजाति आदिवासीहरू प्रशस्त छन् । अब यिनकै बुद्धि नभुटे उँभो लाग्दैन भन्ने हिसाब निकाले । त्यसपछि उनले पहाडी भुसतिघ्रेहरूको बुद्धि भुट्न सक्ने तिनकै जातिका दुई–चार जना बेरोजगार पढेलेखेका तर स्वास्नी पाल्न गाह्रो भएर बसिरहेका बुद्धिजीवीहरू खोजे । तिनीहरूलाई आनासुकी दिएर खल्ती भ¥यो । त्यसपछि जात जात अनुसारको राष्ट्र पाउँछ लौ आउ है तोर्मे हो भन्दै बिकुल फुके । भेंडाहरू म्याँ म्याँ गर्दै सडकमा उल्र्ले, राजेन्द्र महतोचाहिँ प्रहरीले अब ठोक्छ भेडाहरूलाई भन्ने भएपछि सुटुक्क गाडीभित्र ।
त्यसै भनेका होइनन् नी भारतमा नै बिहारीहरूलाई, ‘एक बिहारी सबपर भारी ।’
प्रतिक्रिया