विमानको सिटमा भेटियो १ किलो सुन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद भएको छ । दिल्लीबाट बुधबार आएको इन्डिगो एयरलाइन्सको सिटमा १ किलो ७० ग्राम सुन बरामद भएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

विमान अवतरण हुनेबित्तिकै प्रहरीले नियमित जाँच गर्ने क्रममा उक्त परिमाणको सुन भेटिएको बताइएको छ । प्रहरीको ‘मुभमेन्ट’ देखिएपछि लिएर आएका व्यक्ति सुन छाडेर भागेको हुन सक्ने आशंका गरिएको छ ।

फ्लाइट नम्बर ६इ११५१ नम्बरको इन्डिगो एयरलाइन्सको सिट नम्बर २७ चार्लीको पछाडि र २८ चार्लीको अगाडिको सिट पाकेटको तल बेवारिसे अवस्थामा रहेका झोलाबाट उक्त सुन बरामद भएको हो ।

जसमा ३ थान सिक्री, ६ थान बिस्कुट, त्रिभुज आकारको सुनको टुक्रा २ थान र सिक्री जोड्ने साना रिङ गरी १ किलो ७० ग्राम बराबरको सुन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया