तीन अर्बको ऋणपत्र जारी गर्दै एसबिआई बैंक

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र २०९०’ निष्कासन गर्ने भएको छ । बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । यसका लागि बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका दुई पक्षले समझदारी गरेका छन् ।

सम्झौतापत्रमा नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेशकुमार पंडा र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे । नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृतिपश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया