सुवर्ण गाउँपालिकाको नवनिर्मित भवनको समुदघाटन सम्पन्न

बारा । जिल्लाको सुवर्ण गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको बुधबार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेशप्रसाद यादवले वैदिक मन्त्रकाबीच उक्त प्रशासनिक भवनको समुदघाटन गरेका हुन । उनले उक्त भवनको उद्घाटन गर्दै अब यो भवन निर्माण सगै गाउँपालिकाका सम्पूर्ण गाउँबासीका लागि सहज हिसाबले कामकाज गर्न वातावरण बनेकाले अब खुसी हुने बेला आएको बताए ।

गाउँपालिका भवन नबन्दा गाउँबासीलाई कामकाजमा सार्है अप्ठारो परेको र अब यो भवन निर्माणपछि जनताको काम सहज हिसाबले हुने उनको भनाइ थियो । उक्त भवन समुद्घाटन कार्यक्रममस संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादव, सुवर्ण गाउँपालिकाका उपाध्यक्ष पुनमदेवी यादव, सम्पूर्ण वाडका वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया