एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन असारमा हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको तोकिएको दशौँ राष्ट्रिय महाधिवेशनको मिति सरेको छ । पार्टीको बुधबार बसेको सचिवालय बैठकले महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्याएको हो ।

यसअघि महाधिवेशन जेठ ३ देखि ७ गतेसम्म हुने भनिएकामा आन्तरिक तयारी नपुगेकाले असारमा पुर्याएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

दशौँ राष्ट्रिय महाधिवेशनलाई केही दिन पछाडि सारेको र आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया