शोभायात्रमा सहभागी हुन मेयर सिंहको अपिल

वीरगन्ज । वीरगन्ंज महानपालिका–१० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमा ५ वैशाख बुधबारका दिन आयोजना हुने रामनवमी महोत्सव र शोभायात्रमा सहभागी हुन महानगरका मेयर राजेशमान सिंह र सो वडाका अध्यक्ष सुशील साह कानुले सार्वजनिक अपिल गरेका छन् । घडीअर्वास्थित श्रीरामजानकी मन्दिरमा बुधबार रामनवमीका दिन राम जन्मोत्सव आयोजना गरिनुका साथै भब्य शोभा यात्रा पनि निकालिँदै छ ।

बुधबार बिहान ७ बजे मन्दिर परिसरबाट निकालिने शोभायात्रा तथा मन्दिर परिसरमा हुने राम जन्मोत्सवमा सहभागी हुन महानगरका मेयर सिंहले सामाजिक सञ्जालबाट सार्वजनिक आह्वान गरेका छन् । यस्तै वडा–१० का वडाध्यक्ष कानुले पनि मंगलबार एक अपिल जारी गर्दै बुधबारको शोभा यात्रासहितको राम जन्मोत्सवमा सहभागी भई भब्य रूपमा सफल पारिदिन वडाबासी तथा महानगरबासीसँग अपिल गरेका छन् ।

बुधबार श्रीरामजानकी मन्दिर परिसरबाट बिहान ७ बजे झाँकी र बाजागाजासहित भव्य शोभा यात्रा निकालेर महानगर परिक्रमा गरिनेछ भने बिहान ११ बजेदेखि मन्दिर परिसरमै भजनकीर्तनको आयोजना हुनेछ । यस्तै दउँसो १२ बजेदेखि श्रीराम उत्सवको प्रसाद वितरण गरिने र साँझ ४ बजेदेखि मन्दिर परिसरमा रामायण झाँकी प्रदर्शन पनि गरिने पूजा समितिका अगुवा प्रभाकर गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया