प्रख्यात गजलकार प्रकट पंगेनीको निधन

पोखरा । प्रख्यात गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ । उनको मंगलबार मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ७० वर्षको उमेरमा निधन भएको बताइएको छ ।

निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा उपचार गराइराखेका उनको मंगलबार दिउँसो निधन भएको हो ।

पोखरामा रहेर गीत, साहित्य र गजललाई प्रमुख विधाका रूपमा पंगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत संग्रह प्रकाशित छन् ।

यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल संग्रह) र अक्षरभरि अक्षता (कविता संग्रह) उनका प्रकाशित छन् । बुधबार पोखरामा उनको अन्त्येष्टि गरिने पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष पौडेलले जानकारी दिए । कास्कीको रूपा गाउँपालिका–५ निवासी उनका श्रीमती, १ छोरा र १ छोरी छन् ।

प्रतिक्रिया