निर्धन उत्थान लघुवित्तको सीईओमा दहाल

काठमाडौं । निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मुकेश दहाल नियुक्त भएका छन् ।

सञ्चालक समितिको हिजो बसेको बैठकले दहाललाई आगामी २ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको कम्पनी सचिव जग्यप्रसाद पन्तले जनाएका छन् ।

सीईओ दहालले आजैबाट कार्यभार सम्हालेका छन् । दहालले कार्यवाहक सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया