विद्यालय भर्ना समय : कस्तो विद्यालय छान्ने ?

बालबालिकाहरूको पालनपोषण संरक्षण हित गर्ने बाबु या आमा वा अन्य कोही नातेदार वा अरू कोही जो बालबालिकाहरूको सबैथोक हो । कानुुनी तथा सामाजिक रूपमा बालबालिकाहरूको लागि जिम्मेवार हुन्छ । अभिभावक धेरै प्रकारका छन् जसमा बेफुर्सदिला, कामकाजी, शिक्षित, अशिक्षित, बुुज्रुक, समझदार र प्रतिवद्ध । समयको दबाबले बालबालिकालाई समय दिन नसक्ने बालबालिकाहरूलाई छात्रावासमा भर्ना गर्छन् । उनीहरूको सोच विद्यालयलाई शुल्क बुुझाएपछि जिम्मेवारी पूरा भयो ।

अर्जुनमोहन भट्टराई

सरकारी विद्यालयमा विद्यार्थी भर्ना अभियान चलिरहेको छ, तर निजी विद्यालयमा भर्ना पाउन कठिन छ । आजको दिनमा पनि तराई, पहाड र हिमालमा लाखाँै विद्यार्थी विद्यालय बाहिर छन् जसको कारण विद्यालय, प्रधानाध्यापक, विद्यालय संरचना, समाज र अभिभावक हुन् । शिक्षाविद्हरू एकोहोरो गाली गरिरहन्छन् समाधान दिँदैनन् न त सरकारले नै उनीहरूलाई सुन्छ ।
विद्यालय आफैँमा केही पनि होइन र हो पनि, यी दुुबै तर्कमा सत्यता छ । विद्यालय बालबालिकाहरूका लागि अध्ययन गर्न सिक्न जान्न बुझ्न सिर्जित भौतिक पूर्वाधर सहितको मानवीय संयन्त्रबाट सञ्चालित स्थल हो जसमा बन्द पर्खालले घेरिएको छ । विद्यालय पनि धेरै प्रकारका छन् जसमा निजी सार्वजनिक गुठी आदि । विद्यालय सरकारले वा निजी क्षेत्र जहाँबाट सञ्चालन भए पनि खासमा उद्देश्य ज्ञान बाँड्ने नै हो जसमा शुल्कको मात्र भिन्नता हो, विद्यालय उद्देश्यको हिसाबले सबै एकै हुन् ।

युनेस्कोको अनुसार विद्यालय शैक्षिक सेवा प्रदान गर्ने सेवा केन्द्र हो जसले ज्ञान, सीप, बानीबेहोरा, मूल्य, मान्यता हासिल गर्न र सिकाइमा सहजता ल्याउछ । विद्यालयले स्वतःस्फुर्त आनन्द महसुस गर्ने, ज्ञान प्राप्त गर्ने, समानुुभूति गर्ने वातावरण दिनुपर्छ । विद्यालयहरू सुविधासम्पन्न महँगो, कडा, फितलो, सस्तो, अतिरिक्त क्रियाकलापमा जोड दिने, सबै क्षेत्रहरू समेटने तर विशिष्टता नभएको, भौतिक रूपमा विपन्न आदि पर्दछन् । अन्य विद्यालयहरू जो आस्था जोडिएका छन् ती विद्यालयहरू अलिक फरक किसिमका हुन्छन् ।

अभिभावक

बालबालिकाहरूको पालनपोषण संरक्षण हित गर्ने बाबु या आमा वा अन्य कोही नातेदार वा अरू कोही जो बालबालिकाहरूको सबैथोक हो । कानुुनी तथा सामाजिक रूपमा बालबालिकाहरूका लागि जिम्मेवार हुन्छ । अभिभावक धेरै प्रकारका छन् जसमा बेफुर्सदिला, कामकाजी, शिक्षित, अशिक्षित, बुुज्रुक, समझदार र प्रतिवद्ध । समयको दबाबले बालबालिकालाई समय दिन नसक्ने बालबालिकाहरूलाई छात्रवासमा भर्ना गर्छन् । उनीहरूको सोच विद्यालयलाई शुल्क बुुझाएपछि जिम्मेवारी पूरा भयो । अर्काथरी समझदार अभिभावक जो विद्यालय शिक्षक, बालबालिका र अभिभावक मिलेर बालबालिकाहरूलाई राम्रो शिक्षा दिन सकिन्छ भन्ने सोच राख्छन् ।

कोही अभिभावक अनपढ, अशिक्षित हुन्छन् र पनि बालबालिकाले धेरै सिकोस्, जानोस् बुुझोस्, ठुलो मानिस बनोस् भन्ने चाहान्छन् तर उनीहरू असल सोचको बाबजुद पनि हरेक ठाउँमा चुकेका हुन्छन् जस्तो कि, सही विद्यालय चयन, समयानुकूल बालबालिकाहरूलाई सुुझाव सल्लाह आदि । कोलनीमा बस्ने, डिपार्टमेन्ट स्टोरबाट किन्ने, अनलाइनबाट तिर्ने, पिजा बर्गर खाने, एकल परिवारमा बस्ने, धर्म परम्परा मूल्य मान्यता समुदायप्रति खासै चासो नदिने किसिमका अभिभावकलाई खासमा विद्यालयको खास पर्वाह हुँदैन उनीहरू पैसा तिरेपछि कर्तव्य र दायित्व सकिएको ठान्छन् ।

विद्यार्थी

‘काक चेष्टा, बको ध्यानम्, स्वान निद्रा, अल्पहारी, गृहत्यागीजस्ता पाँच लक्षण रहेका विद्यार्थी आजको युगमा भेटिन्नन् तर विद्यार्थीले अब्ब्ल बनेर विश्व हाँकेका छन् । युग कालसँगै शिक्षक तथा विद्यार्थीको भूमिकामा परिवर्तन भएको छ । आजकलका विद्यार्थीहरू कम समय कम लगाव र साधनामा बढी उपलव्धी सिकाइ चाहान्छन् सहज सिकाइमा उनीहरूको रोजाइ छ विद्यालयले यो कुरा मनन गर्नुपर्छ ।

शिक्षक

विद्वत्त्वंद्यक्षता शिलं सङ्कान्तिनुशीलतानम् । शिक्षकस्य गुणाः सप्त सचेतस्त्वं प्रसन्नता भन्ने संस्कृतको भनाइ छ । जसमा ज्ञानी, ध्यानी, उदार, नम्र, विद्वान, दक्ष, प्रसन्न आदि सात गुण हुनुपर्छ तर हामी कहाँ मुस्किलले तीन गुणा होलान् । शिक्षकमा यो सात गुणको कमी हुनु प्रणालीको, समाजको, शिक्षक आफैँ विद्यालयको समेत दोष छ । शिक्षक त्यो व्यक्ति हो जसले विद्यार्थीहरूलाई शिक्षण अभ्यासमार्फत ज्ञान, योग्यता, सदगुण हासिल गर्न मद्दत गर्छ । आजको समयमा शिक्षकमा पनि यो स्वभाव गुण रहेन सबै क्षेत्र मुद्रा केन्द्रित रहे शिक्षण पेसा पनि अछुतो रहेन । कोचिङ, ट्युसन, गेसपेपर र गाइडजस्ता विषयहरू आए ।

शिक्षण र सिकाइ

मरिया मन्टेसरीको भनाइमा शिक्षाको उद्देश्य प्रत्येक बालबालिकाहरूको क्षमता विकासको लक्ष्य हुनुपर्छ शिक्षण विधि एउटा कला हो यसको प्रयोग गर्न प्रतिभा चाहिन्छ । बालबलिकाहरू फुल रोप्ने गमला होइन बरु स्वतःस्फुर्त बग्ने झरना हो । बालबालिकाहरूलाई बयस्कजस्तो व्यवहार नगरी उनीहरूलाई सधैँ प्रष्ट सरल भाषामा बुझाउनुपर्छ ।

शिक्षण र सिकाइ दुुबै कार्यमा विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयको भूमिका अहम हुन्छ । भट्ट हेर्दा विद्यालय सबैथोक जस्तो लागे पनि विद्यार्थी नै अहं हो तसर्थ सिकाइमा विद्यार्थी तयार गरेपछि मात्र शिक्षण सुरु हुन्छ विद्यार्थी तयार गर्न अभिभावकको भूमिका हुन्छ । विद्यार्थी तयार भएपछि मात्र विद्यालय शिक्षण सिकाई आउँछ यसकारण पनि विद्यालय नै सबैथोक हो राम्रो महँगो विद्यालय सबै कुराको दबाइ होइन । तर कमजोर तथा मध्यम खालका बच्चाहरूलाई विद्यालयको खास भूमिका रहन्छ ।

युनिसेफका अनुसार विद्यालय समावेशी, लंैगिक भेदभावरहित, वैयक्तिक विकास गराउने, मर्यादित खालको हुनुपर्छ जसमा बच्चाको हितलाई सर्वोपरि मानिएको सुरक्षित स्वस्थ्य संरक्षित वातावरणमा हुनुपर्छ ।

विद्यालय छनौट कसरी गर्ने ?

हामी मध्ये कोही राम्रो विद्यालय खोज्न घरदेखि टाढा पुुग्छौँ कोही महँगो विद्यालय छान्छौँ कोही छिमेकीको बच्चा पढने ठाउँमा जान्छौँ हाम्रो मनोविज्ञान पनि अचम्म छ । विद्यालय छनौटका आधारहरू के के हुन् ? कस्तो विद्यालय राम्रो ? किन राम्रो ? राम्रो हुनुुका कारण के के हुुन् । सर्वप्रथम हाम्रो बच्चा कस्तो छ ? हाम्रो पारिवारिक स्थिति कस्तो छ ? हाम्रो आर्थिक स्थिति कस्तो छ ? हाम्रो घर कुन स्थानमा छ ? यी सबै कुरालाई विचार गरेर मात्र विद्यालय छनौट गर्नुपर्छ ।

विद्यालय छनौटका मनननीय पक्षहरूमाः विद्यालय शुल्क, घरदेखि विद्यालयको दुरी, नयाँ विद्यालय, पुरानो विद्यालय, शिक्षक र शिक्षिकाको संख्या, खेलमैदान, भौतिक पूर्वाधार, कक्षाकोठा, पुस्तकालय, शौचालय, अतिरिक्त क्रियापलापहरू हुन् ।

विद्यालय छनौटमा देखिएका समस्याहरू

आफन्तीको सुुझाव, साथीभाइको संगत, महँगोलाई गुणस्तरीय सोच्नु, विद्यालयको भौतिक पूर्वाधारमा लोभिनु, विज्ञापनको प्रभाव, सम्पतिको रवाफ, छिमेकीलाई देखाउन, विद्यालय छनौटमा समय नदिनु, ज्ञानको कमी अंगेजीको प्रभाव र झुकाव आदि छन् । विद्यार्थीको पाटोबाट हेर्दा सिक्ने, जान्ने, बुझ्ने बानीको कमी, मोबाइल मनोरञ्जन मस्ती प्रतिको लगाव हो । शिक्षकहरूमा सिक्ने लगाव कम छ ।

अभिभावकहरूले समय नदिएको देखिन्छ । साथै अभिभावकहरूमा अहंकार पनि भेटिन्छ जसमा पैसा सबैथोकको उपाय भन्ने संकीर्णता हट्नुपर्छ साथै अभिभावकमा पनि अनुशासनहीनता भएकाले विद्यार्थीहरू पनि बेलगाम भएका हुन् ।

राज्य, मन्त्रालय, शिक्षा कार्यालय तथा ऐनकानुन अनुगमन निकाय सबै प्रभावहीन देखिन्छ त्यसको कारण दलहरूको हस्तक्षेप नै हो । किनभने विद्यालय सञ्चालक दलका प्रतिनिधि नै छन् । कतिपय विद्यालयहरू आफँैमा सचेत भएर सुधार गरेका छन् कतिमा अझै चेतना छैन ।

समाज पनि बढी दोषी छ जसबाट धेरै समस्या बढेको छ । जिम्मेवारी घटेको छ समाजमा माया, प्रेम, सद्भाव, दया, धर्म, मूल्य, मान्यता कमी छ जस्तो कि नाबालकलाई चुरोट, रक्सी बेच्ने, वेश्यावृत्तिमा लगाउने, अनैतिक काम गर्न लगाउने उक्साउने, नाबालिगलाई भारी बोकाउने, श्रमशोषण र यौनशोषण गर्ने समाज नै हो । जुन समाजमा शिक्षाको महत्त्वको बारेमा चेतना छैन । विद्यालय भर्ना कहीँ न कहीँ बालअधिकारसँग पनि जोडिएको छ भर्ना गर्नु या भर्नापछि बालबालिकालाई विद्यालयमा टिकाउनु अर्को गम्भीर विषय हो ।

कतिपय अवस्था शिक्षककै कारणले सिकाइ प्रभावित बनेको छ जस्तो कि शिक्षकको घरझगडा, व्यक्तित्वको टकराव, राजनीतिक अभिष्ट, सिकाइमा कमी, नम्रताको अभाव, सञ्चार क्षमताको अभाव, शिक्षक–शिक्षकबीच बेमेल, टकराव, रिसइबी, शिक्षकमा रहेका अहंकार, पैसाप्रतिको अगाधमोह, निराशपना, रिस, डाहा आदि सिकाइ तथा शिक्षणमा अवरोध गर्ने विषय हुन् ।

उपसंहार

विद्यालय छनौट गर्दा शैक्षिक विषय अर्थात पढाइ, अध्ययन र अध्यापनलाई मूल विषय बनाउनुपर्छ । साथै जीवनोपयोगी ज्ञान अतिरिक्त क्रियाकलाप अर्को गहन पक्ष हो आजको युगमा सबैले पढेर जागिर खानै पर्छ भन्ने मान्यता छैन तसर्थ अन्य सिप, कलातर्फ पनि ढल्किनुपर्छ ।

ज्ञान, अनुशासन, मूल्य, मान्यता, धर्म, परम्परा, संस्कृति, शिष्टता, नम्रता, आचरणजस्ता नैतिक मूल्य पनि विद्यालयले दिन सकोस् । यस्ता विद्यालय छनौट गरेमा अभिभावकहरूले पछुताउन पर्दैन । विद्यालयमा बालबालिकाहरू केबल कोर्सबुक पढ्न घोक्न गएका होइनन् उनीहरू समयानुकूल जीवनोपार्जन गर्न बाँच्नेकला सिक्ने आशामा विद्यालय जान्छन् ।

प्रतिक्रिया