अर्घाखाँची दक्षिण कोरिया सम्पर्क मञ्चद्धारा मृगौँला पीडितलाई सहयोग

अर्घाखाँची । अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्धारा मालारानी गाउँपालिका–४ सित निवासी मृगौँला पीडित प्रदिप नेपालीको उपचारका लागि अर्घाखाँची जिल्ला समन्वय प्रमुख जिवनाराणय कोइराला मार्फत पीडित प्रदिपका सहोदर दाजु प्रकाश नेपालीलाई ६५ हजार रुपैयाँ हस्तान्तरण गरेकोे छ ।

‘प्रवासी भुमिमा हाम्रो एकता, ‘सबै जिल्ला वासिको प्रतिवद्धता’ भन्ने मुल नारा बोकेको मञ्चले जिल्लाबाट बिभिन्न पेशा, ब्यवसाय, रोजगार र अध्ययन गर्दे आएका अर्घाखाँची बासीको सहयोगमा एकमुष्ट रकम सञ्कलन गरी हस्तान्तरणका लागि पठाइएको मञ्चका अध्यक्ष रुद्र पौडेलले बताए । अर्घाखाँची घर भई कोरिया रहनेहरुको बिचको एकता साथ सहयोग जिल्लाका बिकासका साथै सानो सानो सहयोगका लागि सधै एकता बद्ध भयर नै लागिरहने अध्यक्ष पौडेले बताए ।

कोरिया सम्पर्क मञ्चले अर्घाखाँची जिल्लाको बिभिन्न धार्मिक तथा पर्यटकीय गन्तब्यसहित बिभिन्न जानकारी मुलक २०८१ सालको भित्तेपात्रो सोही सन्दर्भमा जिल्ला समन्वय प्रमुख जिवनारायण कोइराला द्धारा बिमोचन तथा बितरण कार्य समेत गरेको छ । दुवै कार्यक्रमलाई सम्वोधन गर्दे जिल्ला समन्वय प्रमुख जिवनारायण कोइरालाले बिदेशी भुमिमा रहेर पनि अर्घाखाँची जिल्लाका बिभिन्न गतिबिधिमा सधैँ साथ सहयोग रहदै आएको भन्दै सवै कोरियामा रहनेहरु प्रति धन्यवाद ज्ञापन गरे । उनले बिदेशमा रहदा सिकेको ज्ञान, सिप र अनुभवलाई स्वदेशी भुमिमा समेत प्रयोग गरी जिल्लाको बिकासमा सहयोग गर्नुपर्ने बताए ।

सम्पर्क मञ्चले बिपन्न दुखी गरिवलाई उपचारका लागि सहयोग रकम हस्तान्तरण र जिल्लाको बिभिन्न सन्दर्भ सामग्री सहित महत्वपुर्ण क्यालेन्डर प्रकाशन गरी निकै राम्रो काम गरेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पिताम्वर भुसालले बताए ।

अर्घाखाँची जिल्लाका बिभिन्न कृयाकलापहरुमा कोरियामा रहने दाजुभाई दिदिबहिनीले गर्दे आएको साथ सहयोग निकै नै राम्रो भएको पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले बताए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया