छठमा पनि सफा गरिएन सिरसिया नदी

वीरगञ्ज । चैती छठ आएसँगै पर्वलाई मनाउन यति बेला वीरगञ्जका जनता लगायत देश बिदेशमा रहेका श्रद्धालुमा रौनकता छाएको छ ।

नहाए खाएको दिनबाट औपचारिक रुपमा सुरु भएको यो पर्व तीन दिन चल्ने गर्दछ । वीरगञ्ज लगायत पर्सा जिल्लाका अधिकांस छठ गर्ने श्रद्धालुहरु सिरसिया नदिको किनारमा बसेर छठ मनाउने गर्दछन् ।

यसपाली पनि छठ पर्व मनाउने स्थान सिरसिया नदिको अवस्था देखेर भक्तजनहरु निराश बनेका छन् । हरेक निर्वाचनमा नेताहरुले आफ्नो चुनावी एजेन्डाको रुपमा श्रीसिया नदिको मुद्दा उठाउने गरेका भए पनि चुनाव जितिसके पछी यस्को मुद्दालाई विर्सने गरेका छन् ।

बस्ती नजिकै भएर बग्ने सिर्सिया नदी केही वर्षअघिसम्म स्थानीयको पानीको प्रमुख स्रोत थियो । तर पर्सा–बारा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुले नदीमा प्रदूषित पानी र कलकारखानाको फोहोर सिर्सिया नदिमा मिसाएपछि नदी दुर्गन्धित भई बस्तीमा बस्नै नसकिने अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ ।

वीरगंज महानगरपालिकाका मेयरले अनुगमन गरेपनी अहिलेसम्म केही नगरेको स्थानियले बताएका छन् । नदिलाई प्रदुषित बनाउने उद्योगलाई कार्वाहीको लागि पत्र काटेपनी केही उद्योगी बाहेक अरु कसैलाइ वीरगञ्ज महानगरपालिकाले केही नगरेको सामाजिक अभियन्ता रंजन दासले बताएका छन् । अनुगमनको नाम वीरगञ्जका जनप्रतिनिधिले भत्ता मात्र खाने गरेको उनको आरोप छ ।
कुनै बेला छठ पर्व मनाउन सिर्सिया नदी प्रसिद्ध मानिन्थ्यो, भने अहिले नदी प्रदूषित भएपछि स्थानीयले नदीमा छठ पर्व मनाउनै छोडिसकेका पत्रकार राहुल गुप्ताले बताए । सिर्सिया नदीको प्रदूषण रोक्न स्थानीय तहका जनप्रतिनिधिलाई पटकपटक आग्रह गरे पनि खासै चासो देखाएनन् । फोहोर पानीकै कारण स्थानीयले तरकारी खेती गर्न छाडे भने नदीमा जलचर र वनस्पति मासिएको उनको भनाइ रहेको छ ।

प्रतिक्रिया