रौतहट । जिल्लाको सदरमुकाम गौरबाट रौतहट प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका– २ हाल गौर नगरपालिका– बस्ने १ निवासी शिव धारी साहको छोरा ५६ वर्षीय बिरेन्द्र कुमार जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गौर नगरपालिका– १ शिवालय मन्दिरको सार्वजनिक बाटो भएर साइकलमा आउँदै गरेका जैसवाललाई प्रहरीले रोकेर चेकजाँच गर्दा झोलामा राखेको अवस्थामा रु ११ लाख १५ हजार ७०० रकम बारामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका जैसवालको साथबाट १०० को नोट थान ११ सय, ५०० को नोट थान ३० र १०० को नोट थान ७ गरी ११ लाख १५ हजार ७ सय नेपाली रुपैयाँ बारामद भएको प्रहरीले जनाएको छ ।
बरामद भएको रकमको स्रोत जैसवालले खुलाउन नसक्दा रकमसहित जैसवाललाई कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरी नायव उपरीक्षक गिरिले जानकारी दिइन् ।
रौतहट
प्रतिक्रिया