पर्सामा चैत महिनाभित्र पाँच करोडभन्दा बढी मूल्यकाे सामान बरामद

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चैत महिनाभित्र पाँच करोडभन्दा बढी मूल्यको सामानहरु बरामद गरको छ । चैत महिनाभित्र पाँच करोड ८७ लाख ३६ हजार ७९९ बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरको जनाएको छ ।

राजस्व अभिवृद्धि तथा भन्सार चोरी पैठारी न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत समेतका प्रहरी परिचालन २०८०–१२–१ देखि २०८०–१२–३० गतेसम्म लत्ताकपडाहरू रु १,२३,४६,४९१, सवारी साधन तथा पार्टपुर्जा रु १,१०,८७,७१०, विद्युतीय सामग्रीहरू रु २,१०,७८,६८१, किराना तथा खाद्यान्न सामानहरू रु १,४२,२३,९१७ गरी जम्मा रु पाँच करोड ८७ लाख ३६ हजार ७९९ बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरको जनाएको हाे ।

बरामद गरिएको सामानहरु राजस्व अनुसन्धान पथलैया बारा र वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया