सरकारले गर्यो सुन्तलालाई राष्ट्रिय फल घोषणा

काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

सुन्तला नेपालको रैथाने फलफूल हो । नेपालमा सुन्तला उत्पादनका केही प्रसिद्ध पकेट क्षेत्रहरू छन् । उत्पादन बढाउन सघाउ पुग्ने उद्देश्यले सुन्तललाई राष्ट्रिय फल घोषणा गरिएको हो ।

यस्तै मन्त्रिपरिषद् बैठकले रक्ति रहेको राष्ट्रियसभाको सदस्यमा अञ्जान शाक्यलाई मनोनयन गर्न सिफारिस गरिएको छ ।शाक्यलाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

पूर्वराजदूत अञ्जान शाक्य यसअघि राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी थिइन् । शाक्य इजरायलका लागि नेपाली राजदूत भएकी थिइन् ।

प्रतिक्रिया