रौतहटमा एकै दिन ४ किशोरीले गरे आत्महत्या

रौतहट । रौतहट जिल्लामा विहिबार ४ किशोरीले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । आत्महत्या गर्ने ४ जना किशोरी नै रहेको प्रहरीले जनाएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका २ गंगापिपरा निवासी रुपलाल दासकी १५ वर्षीय छोरी आचलकुमारी दासले घाटीमा पासो लगाएर आत्महत्या गरेकी थिइन् ।

त्यसैगरी गढ़िमाई नगरपालिका ३ गम्हरिया निवासी अजाद अलि अन्सारीको १६ वर्षीय छोरी आशिया खातुन, बृन्दाबन नगरपालिका ८ बहुअरी निवासी रामपुकार साहकी १७ वर्षीय छोरी शिवानीकुमारी साह र कटहरिया नगर पालिका २ जामुनिया निवासी दीप नारायण चौधरीकी १८ बार्षिय छोरी मनिसा कुमारी चौधरीले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृतकको शब परिक्षण गराई आफ्नो रिति रिवाज अनुसार दाह संस्कार गर्नको लागि शब परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरिक्षक एलिजा गिरिले जानकारी दिइन् । पछिलो समय रौतहटमा आत्म हत्याको घटना बढ्दै गएको छ। के कुन कारणले आत्म हत्या गरेको भन्ने विषयमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया