सर्लाहीमा खेत जोत्दै गरेका ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु

लालबन्दी । सर्लाहीमा शुक्रबार बिहानै खेत जोत्दै गरेका ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको ब्रह्मपुरी गाउँपालिका–२ मा चैते धान रोप्न खेत जोत्दै गर्दा पानी तान्ने मोटरबाट करेन्ट लागेर ट्याक्टर चालक ब्रह्मपुरी गाउँपालिका–२, निवासी २७ वर्षी राजेश पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ज १ त ४११४ नम्बरको ट्याक्टर चालक पासवानलाई खेतमा पानी तानिरहेको मोटरबाट करेन्ट लागको थियो ।

करेन्ट लागेर गम्भीर बनेका पासवानलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगिए पनि चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । पासवानको शव परीक्षणको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

प्रतिक्रिया