सर्लाहीमा मोटरसाइकलको ग्यारेज अगाडि ५३ राउण्ड गोली फेला

लालबन्दी । सर्लाहीमा पेस्तोलमा प्रयोग हुने ५३ राउण्ड गोली फेला परेको छ । नेपाल–भारत सीमा नजिक जिल्ला सदरमुकाम मलंगवा– ८ गोरखकालीमा मोटरसाइकल ग्यारेजको अगाडिबाट सो गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ईश्वरपुर नगरपालिका– ५ बस्ने २८ वर्षका विजय महतोले सञ्चालन गरेको भोले बाबा अटो पार्ट्स एण्ड विजय रिपेरिङ सेन्टर अगाडि खाली ठाउँमा कवाडी सामान भएको ठाउँमा केएफ ७.६५ लेखिएको गोली बरामद भएको हो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक ओम प्रकाश यादवको टोलीले उक्त स्थानमा माटोमुनि करिब ७ ईन्च खाल्डो खनि गरगहना राख्ने सानो ब्यागमा गाडेर राखेको अवस्थामा गोली बरामद गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सीचना अधिकारी डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया