मेडिकल कलेजका एमडी अन्सारीलाई ५ दिनको म्याद थप

वीरगञ्ज । पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१५ मा अवस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक (एमडी) शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई थप ५ दिन थुनामा राख्न अनुमति दिइएको छ । पर्सा जिल्ला अदालतले नेसनल मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख साहलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको हो ।

नेसनल मेडिकल कलेजबाट सोमबार पक्राउ परेका दुबै जनामाथि पर्सा जिल्ला अदालतले अनुसन्धान गर्न दोस्रोपटक बुधबार ५ दिनको म्याद थप गरेको हो । अस्पतालको ल्याबबाट म्याद नाघेका केमिकलसहित पक्राउ परेका एमडीसहित २ जनामाथि अनुसन्धान गर्न मंगलबार २ दिनको म्याद थप गरेको थियो ।
पक्राउ परेका दुबै जनाको स्वास्थ्यमा समस्या भएको भन्दै पक्राउ परेकै दिनदेखि अस्पतालमा राखिएको छ । पहुँचको आधारमा सुरुमा नारायणी अस्पताल, त्यसपछि नेपाल मेडिसिटी बयोधा अस्पाल लगिए पनि अन्तिमा वीरगञ्ज हेल्थ केयर अस्पतालको भर्ना गरिएको छ ।

प्रतिक्रिया