रौतहट । रौतहट विद्युतीय सुरक्षा दिवसको अवसरमा सोमबार मौलापुरमा प्रभातफेरी गरिएको छ । नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रको आयोजनामा सोमबार दिउँसो मौलापुर बजारमा प्रभात फेरी गरिएको हो ।
नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रमा कर्मचारी सम्मिलित प्रभात फेरी बजार परिक्रमा पश्चात सोही ठाउँमा आएर समापन गरिएको थियो । प्रभातफेरी पश्चात् विद्युतीय सुरक्षासम्बन्धी अन्तरक्रिया पनि गरिएको थियो ।
प्रभात फेरीमा सहभागिहरुले सुरक्षाप्रतिको चासो, दुर्घटनाबाट बच्ने साँचो, प्रलोभनमा नपरौँ, विद्युतको सुरक्षीत उपयोग गरौँ, सुरक्षा सामग्री साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा, नगरौँ है चोरीको धन्दा, परिएला कानुनको फन्दालगायतमा नारा लगाएका थिए ।
कार्यक्रममा मौलापुर वितरण केन्द्रका प्रमुख ई. रामदिनेश यादवले विद्युतीय सुरक्षा अनिवार्य आवश्यकता रहेको भन्दै विद्युतीय सामग्रीको प्रयोगमा सजगता अपनाउनुपर्ने बताए ।
नेपाल विद्युत प्राधिकरणले सोसाइटी अफ इलेक्ट्रकल इन्जिनियर्ससँगको सहकार्यमा विद्युतीय दुर्घटना न्यूनीकरणका लागि चेतना बाँड्ने उद्देश्यले २०७३ सालदेखि हरेक वर्ष चैत २६ गते विद्युतीय सुरक्षा दिवस मनाउँदै आएको छ ।
प्रतिक्रिया