मटिहानीको फर्निचरमा आगलागी हुँदा ३५ लाखभन्दा बढीको क्षति

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ८ बजारमा रहेको एक फर्निचरमा आगलागी भएको छ । मटिहानी बाजारमा दुखमोचन ठाकुरले सञ्चालन गरेको भरत फर्निचर उद्योगमा सोमबार बेलुका ९ः३० बजेको समयमा आगो लागेको हो ।

आगो अनियन्त्रित अवस्थामा आएकाले मटिहानी नगरपालिकाको बारुण यन्त्र बोलाएर आगो नियन्त्रणमा लिएको नगरप्रमुख हरिप्रसाद मण्डले जानकारी दिए ।

स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको प्रयासले करिब ४० मिनेटपछि आगो नियन्त्रणमा आउन सकेको स्थानीय इस्राफिल राइनले बताए ।उक्त आगलागीले करिब ३५ लाखभन्दा बढिको क्षति भएको फर्निचर सञ्चालक दुखमोचन ठाकुरले जानकारी दिए ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया