भुमिकास्थानको किर्ते प्रकरणः मेयर उपमेयर दुई तिर

अर्घाखाँची । किर्ते प्रकरण बारे भुमिकास्थानका मेयर उपमेयर बिच गत चैत्र २० गते सुचनाका सवालमा भनाभन भए पछि सुक्रवार नगरपालिका उपप्रमुख सहित १३ कार्यपालिका सदस्यहरुले किर्ते प्रकरण बारे आफूहरुसँग सुचना लुकाउन खोजिएको भनि पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

नगरपालिकाको चुनढुंगा खानी उत्खननका सन्दर्भमा नगरप्रमुखसहित जनमोर्चाका जनप्रतिनिधी एकतर्फ र उपप्रमुख सहित कांग्रेस, एमाले र माओवादीबाट निर्वाचित जनप्रतिनिधि बिच दुई कित्ता भएको सुक्रवार नगरपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलनबाट स्पष्ट भएको छ ।
सो नगरपालिका–९ ढिकुरामा चुनढुंगा खानी उत्खननका सन्दर्भमा भुमिकास्थान नगरपालिकाले चुनढुंगा उत्खननका लागि बिजय सिमेन्ट प्रालिका नाममा खानी तथा भुगर्भ बिभाग लैनचौर, काठमाडौँमा उपलब्ध गराएको भनी नगरपालिकाबाट सिफारिस भएको पत्र किर्ते भएको यस अघि नगरप्रमुखले पत्रकार सम्मेलन गरी जानकारी दिए पछि नगरमा यो बिषय निकै विवादित बनेको थियो । सत्यतथ्य बारे स्पष्ट नभई कार्यपालिका बैठक चल्न नदिने भनी कार्यापालिकामा सवाल उठेपछि केही समयदेखि कार्यपालिका बैठक समेत चल्न सकिरहेको छैन् ।

सिफारिस पत्रका सन्दर्भमा खानी तथा भु–गर्भ बिभाग लैनचौर काठमाडौंले २०८० चैत्र १ गते चलानी नम्बर २७८४ मार्फत किर्ते प्रकरण वारे पठाएको जवाफमा भनिएको छ, ‘बिजय सिमेन्ट प्रालिको प्रतिनिधि नवाफ वलीले खानी बिभागमा सत्यतथ्य पेश गरिएको भनी २०८० चैत्र ७ गतेका दिन ष्भभ प्रतिबेदनका लागि आवश्यक पर्ने सिफारिस पत्रका लागि कम्पनीबाट भुमिकास्थान नगरपालिकामा निवेदन दिइएको तथा सिफारिस पत्र उपलब्ध गराई उत्खनन् अनुमतिपत्र प्राप्त गर्ने कार्यमा आवश्यक सहयोगका लागि उक्त नगरपालिका नगरप्रमुख, प्रभतmा लगायत समेतलाई बारम्वार अनुरोध गरिएको जनाइएको छ ।

अगाडी भनिएको छ, ‘सोही सन्दर्भमा सिफारिस पत्र तयार भएको छ । लियर जानुहोस् भनी नगरपालिकाका प्रभतmा अर्थात वडा न ४ का वडा अध्यक्ष बावुराम पन्थी सुनारले खवर गर्नु भएकोले निज बावुराम पन्थी सुनार र सोही वडाका जागृत केसी मार्फत सन्धिखर्क अर्घाखाँचीबाट म कम्पनी प्रतिनिधि नवाफ वलीले सक्कल पत्र लिई बिभागमा २०८० मंसिर ७ गतको दिन निवेदन पेश गरेको भनि खानी तथा भु–गर्भ बिभागलाई माथी उल्लेखित ब्यहोराको सिमेन्ट कम्पनीको तर्फबाट पेश भएको स्पष्टिकरण पत्रसहित खानी बिभागले भुमिकास्थानमा २०८० चैत्र १३ गते पत्र पठाए पछि किर्ते प्रकरण छताछुल्ल भएको हो ।

किर्ते प्रकराण बारे नगरमा आएको पत्रलाई गुमगाम गर्न खोजिएकोले पत्रकार सम्मेलन गरिएको उपप्रमुख बालकृष्ण बन्जाडेले बताए । उपप्रमुख बन्जाडेले भने, ‘गत २० गते किर्ते प्रकरणमा खानी बिभाग र बिजय सिमेन्टको स्पष्टिकरण पत्र आए पछि पनि लामो समय थाहाँ नभई मसहित वडा अध्यक्षहरु माग्न जादाँ नगरप्रमुखले पढेर सुनाए दिन चाहेनन्,’ उनले भने, ‘पछि पत्रकार सम्मेलन गरी स्पष्ट पार्न खोजेका हौँ, हामीहरुलाई सुचना लुकाउन खोजियो, कार्यापालिकामा एकपटक पनि छलफल गर्न खोजिएन, आफ्नो पार्टीका मान्छेको नाम जोडिएर हो की थाहा भएन्, नगरपालिकालाई बद्नाम गर्ने गरि अगाडी बढ्ने जो कहीलाई हामी छोड्ने वाला छैनौँ ।’

नगरउपप्रमुख सहित नगरकार्यापालिकाका १३ जनाले हस्ताक्षर गरी पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको प्रेस बिज्ञप्तीको सारासंमा भनिएको छ, ‘खानी बिभाग र बिजया सिमेन्टबाट आएको पत्रको जबाफका बारेमा नगरपालिकामा तत्काल जानकारी गराइ आवस्यक कानुुनी प्रकृयामा जानु पर्नेमा गत चैत्र २० गते नगरउपप्रमुख र वडा अध्यक्ष सहितले किर्ते भनिएको पत्रको बिषयमा चालेको प्रकृया र सूचना उपलब्ध गराउने बिषयमा जिज्ञासा राख्न जाँदा नगरप्रमुखले आन्तरिक प्रकृया चालेकाले हाललाई कुनै सूचना दिन नमिल्ने भनी उपप्रमुख र उपस्थित वडा अध्यक्षहरु अभिव्यतिm दिएको उल्लेख छ । यस्तै कर्मचारीलाई समेत सूचना नदिनु भनि निर्देशन दिएकोले हामी उपप्रमुख र नगरकार्यपालिका सदस्यहरु माथी मान हानी भएको महसुस गरेका छौँ, विज्ञप्तीमा भनिएको छ ।

खानी बिभागबाट आएको किर्ते कागजात तयार गरी बझुाउने ब्यक्तिको औपचारिक नाम किटान गरी आएको अवस्थामा नगरप्रमुखले सोही अनुसारको कानुनी बाटो खोज्नुको साटो लुकाउने र बिषयबस्तु माथि गम्भिर नभई आलटाल गरेको आरोप छ । यस्तै नगरपालिकाको बदनाम गर्ने गरी उक्त किर्ते कार्य गर्ने कार्यमा स्वयम नगरप्रमुखको संलग्नता देखिने संकास्पद आधारहरु भेटिएकोले सिँगो नगरपालिका माथी वेइमानी गर्ने जो सुकैै भएता पनि यथासिघ्र घटना संघ नाम जोडिएका ब्यक्तिलाई समेत जाहेरी दिन र दोषी माथी कार्वाही गर्न माग गरिक्एो छ ।
सोही पत्रकार सम्मेलनमै सहभागी भई सम्मेलनमा बोल्दै नगरप्रमुख झबिलाल थापाले किर्ते गर्ने माथि कानुनी प्रकृया अगाडी बढाएको भन्दै आफूले सूचना दिन आलटाल नगरेको बुझाइमा फरक पर्न गएको बताए ।

नगरप्रमुख थापाले भने, ‘पत्रको बारेमा सुरुमा हाकिम साव हुनुहुन्न पढेर सुनौं भनेर भने, भोलिपल्ट हाकीम साव आएपछी लैजानु होला भनेको हुँ, उपप्रमुख मसंग रिसाउनु भयो, अर्को दिन म प्युठान कामका लागि गएको थिए । प्रमुख प्रशासकिय अधिकृतले मलाई दिउँ कि नदिउ भनेर फोन गर्नु भो दिनु भनेको थिए । मलाई उपप्रमुखसंग पत्र खोस्यो भन्ने अनर्गल प्रचार गरियो, व्यक्ति व्यक्ति बिचको सम्वन्धमा तित्तता ल्याउने काम गरियो,’ उनले भने, ‘सिँगो नगरको अस्मिता माथि प्रश्न चिन्ह खडा गराइयो । हामी बिचको सद्भावलाई विगार्ने गरी सामाजिक सञ्जालमा फैलिएको भ्रामक कुरा प्रति मेरो आपत्ती छ, अव सवै मिली सरकारलाई दिएर अगाडी बढ्नुपर्छ ।’

सत्यतथ्य छानबिन नगरी कार्यपालिकाको बैठक सञ्चालन गर्न नदिने भन्दै सूचना गोप्य राख्दा झनझन समस्या बल्झिँदै गएको १० का वडा वडा अध्यक्ष खगेश्वर पन्थीले बताए । पत्रकार सम्मेलनको सहजीकण गर्दे वडा न ७ का वडा अध्यक्ष रामचन्द्र ढुंगानाले आफूहरुले कसैलाई फसाउ नखोजेको तर दोषिलाई पनि उम्मकन नदिने बताए । अध्यक्ष ढुगानाले भने, ‘सभ्य र शिष्ट भाषाको प्रयोग गरौँ, अनावश्यक बोल्न आवश्यक छैन्, बिधीको माग गरेका छौँ, सामन्य नागरिकले समेत पाउने सूचना हामीहरुलाई समेत रोख्न रोज्ने, सूचना दिन नखोज्ने, गैरजिम्मेवार बन्ने, सवै जिम्मेवार र जवाफदेही बन्नुपर्छ ।’ लामो समयदेखिका गतिबिधिले सबैलाई रुष्ट बनाएको भन्दै कुनै पनि हालतमा दोषिउपर कारबाहि गर्नुपर्ने वडा न ५ का वडा अध्यक्ष जयगोपाल श्रेष्ठले बताए ।

किर्ते प्रकरणमा सिमेन्ट कम्पनीबाट आरोपित नगर प्रभक्ता एवम वडा न ४ का वडा अध्यक्ष बावुराम पन्थीले नगरप्रमुखलाई जानकारी गराई स्वास्थ्य उपचारका लागि केहीदिन बाहिर गएको भन्दै आफू कुनै पनि किर्ते काममा संलग्न नभएको र भएको प्रमाण भेटिए जस्तो सुकै कारबाही भोग्न तयार भएको बताए ।

मेयर उपमेयर र कार्यापालिका बिच नागरिकको मुख्य सरोकावारका सवालमा बिवाद हुदाँ दैनिक काम कारबाही समेत प्रभावित भएकोले तुरुन्त दोषिउपर कानुनी कारबाही गरी नगरको नियमित काम अगाडी बढाउनुपर्ने स्थानीयको माग छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया