नेपाल ‘ए’ ले आयरल्याण्ड उल्भ्सविरुद्ध पहिला बलिङ गर्दै

काठमाडौं । टी– २० सिरिजअन्तर्गत नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ उल्भ्सविरुद्ध पहिलो खेलमा टस जितेर पहिला बलिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरअघि सुरु भएको उक्त खेलमा नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ को एक विकेट लिइसकेको छ । नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ ।

यसअघि सिरिज बिहीबार सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण रोकिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ तालिका निकालेको हो । नयाँ तालिका अनुसार नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्स ‘ए’ ले शुक्रबार पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् ।

यसअघि आयरल्याण्ड उल्भ्सले रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिमसँग दुई टी– ९२० क्रिकेट खेलेको थियो । दुवै खेलमा हार व्यहोरेको आयरल्याण्ड आज पहिलो जितको खोजीमा हुनेछ । टी–२० सिरिजपछि यी दुई टिमले तीन खेलको एकदिवसीय सिरिजमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीमा विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रासिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह एरि, हेमन्त धामी र बिकास अग्री रहेका छन् ।

प्रतिक्रिया