गायक ढाकारामले ल्याए ‘मोहनी बोली’

काठमाडौंं । लोकदोहोरी गायक ढाकाराम पौडेलले ‘मोहनी बोली’ बोलको गीत ल्याएका छन् । गायक पौडेलले बिहीबार उक्त गीतको भिडियो वर्षा म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । ढाकारामको आफ्नै शब्द रचना र संगीत रहेको सो गीतमा उनलाई नवगायिका सुजाता रेग्मीले आवाजमा साथ दिएकी छन् ।

धादिङकी नवगायिका रेग्मीलाई आफ्नो गीतमा अवसर दिएको गायक पौडेलले बताए । त्यस्तै उक्त गीतको भिडियोमा निर्देशन समेत गायक ढाकाराम आफैँले गरेका छन् । सुरज खनालको छायांकन रहेको भिडियोलाई उनले नै सम्पादन गरेर सार्वजनिक गरिएको हो ।

उक्त भिडियोमा श्याम राना र अस्मिता रनपालले नृत्य गरेका छन् । माया प्रेमका भावनामा ओतपोत भएका शब्द समावेश गरिएको गीतलाई मौलिक भाकामा उतारिएको गायक पौडेलले बताए ।

यसअघि पनि धेरै गीत बजारमा ल्यासकेका उनी देश तथा विदेशका सांगीतिक कार्यक्रमहरुमा आफ्ना प्रस्तुती दिनेदेखि कार्यक्रम सञ्चालन गर्नसमेत व्यस्त हुने गर्दछन् ।

प्रतिक्रिया