नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको टी-२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षाको कारण रद्द भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज दिउँसो १ बजेका लागि तय भएको टी-२० क्रिकेट वर्षाका कारण रद्द भएको हो।

‘नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको पहिलो टी-२० खेल आउटफिल्ड भिजेको कारण रद्द भएको छ,’ क्यानले भनेको छ।

कमजोर प्रदर्शन गरेको आयरल्यान्ड उल्भ्स पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा पनि नेपालले दबदबा कायम राख्दै ७१ रनको जित हासिल गरेर शृङ्खला २–० ले आफ्नो पक्षमा बनाएको थियो।

नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्ससँग दोस्रो खेल शुक्रबार खेल्ने छ।

प्रतिक्रिया