फिदिममा सरकार र राज्यव्यवस्थाविरुद्ध राप्रपाको कोणसभा

पाँचथर । फिदिममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला पाँचथरले सरकार र राज्यव्यवस्थाविरुद्ध कोणसभा गरेको छ । बुधबार आयोजित कार्यक्रममा राप्रपाले यसअघि नै सरकारसमक्ष ४० बुँदे माग राखेको जनाएको छ ।

फिदिम बजार गणतन्त्र चोकमा भएको कोणसभा कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य मानदेव केरुङ, केन्द्रीय प्रवक्ता सगुन सुन्दर लावती, केन्द्रिय सदस्य तथा कोशी प्रदेश सांसद प्रेमराज थाम्सुहाङले सरकार र राज्यव्यवस्थाको विरोध जनाएका थिए ।

जिल्ला अध्यक्ष कमल चेम्जोङको अध्यक्षमा कोणसभा गरिएको हो । पाँचथर जिल्लाको कुम्मायक पागाउँपालिकाको यासोकमा कोणसभा गरिने केन्द्रिय सदस्य केरुङले जानकारी दिए ।

उक्त आन्दोलन केका लागि ? संवैधानिक राजतन्त्र, वैद्धिक सनातन हिन्दू अधिराज्य, जनप्रतिनिधिको संख्या कटौती, संवैधानिक अंगमा राजनीतिक भागवण्डा अन्त्य, सरकारी वेतनधारी तथा पेशागत दलीय भातृसंगठनको खारेजीलगायत ४० बुँदे मागपत्र सरकारलाई बुझाइसकिएको केन्द्रिय सदस्य केरुङले बताए ।

उक्त मागप्रति आन्दोलन आगामी चैत २७ गतेदेखि काठमाडौंमा हुने राप्रपा पाँचथरले जनाएको छ । यसपालीको आन्दोलनका विषयमा केही पार्टी तथा मुद्दा मिल्ने समूहसँग एकाकार हुने समेत बताइएको छ । सो आन्दोलनमा देशका केही जिल्लाबाट एक लाख जनसहभागिता जुट्ने केरुङले दाबी गरे ।

प्रतिक्रिया