विराटगोल्डकपको तयारी पूरा

काठमाडौं । विराटनगरस्थित सहिद मैदानमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । २४ चैतसम्म हुने यस प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् ।

सहभागि टोलीमा मोरङ एफए, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एनआरटी क्लब, मछिन्द्र क्लब, रोयल थिम्पु क्लब, एपिएफ क्लब, सिक्किम ड्रागन र साउथर्न समिति एफसी खेल्दै छन् ।

प्रतियोगिताको उद्घाटन खेल बुधबार नेपाल पुलिस क्लब र भुटानको रोयल थिम्पु एफसीबीच हुनेछ । रात्रिकालीन प्रतियोगिताका लागि चार वटा फ्लड लाइटको व्यवस्था गरिएको छ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरु गरिएको गोल्डकपको २०६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको होे ।

प्रतिक्रिया