प्रभु साह नेतृत्व आजपा निकट इन्जिनियरहरुको छुट्टै संगठन

मधेस ब्यूरो । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को भातृ संगठनको रुपमा आम इन्जिनियर्स एन्ड टेक्निकल एसोसिएसन गठन गरिएको छ । इन्जिनियर गोपाल साहको संयोजकत्वमा गठित ५१ सदस्यीय समितिमा अधिकांश मधेस प्रदेशकै रहेका छन् ।

समितिमा महोत्तरीका मनोजकुमार कर्ण, सुनसरीका अनन्तरञ्जन साह, सिरहाका गोपाल कर्ण, काठमाडौंका कपिल ढुंगेल, सप्तरीका प्रेमकुमार साह, रोतहटका प्रदीप साह र रामप्रित साह, भक्तपुरका विजयाश्री वरुण, रचना न्याइच्याँई, सिर्जना होना, सिरहाका अरुणकुमार साह, सर्लाहीका रमेश साह, धनुषाका कृष्णा पंजियार, सप्तरीका मनिषकुमार साह, सिरहका रामशंकर महतो, सप्तरीका रितुराज साह, धनुषका श्यामकुमार यादव, महोत्ररीका चन्दनप्रसाद साह, सप्तरीका ललेन्द्र इसर र रविन्द्रकुमार साह तथा धनुषाका संजीव कुमार रहेका छन् ।

यसैगरी रुपेश कुशवाहा, चन्दन कुशवाहा, ब्रजेश्वर साह, नीरज झा, राजेश रविदास, राजदेव साह, संजीव यादव, खगेन्द्र साह, रन्जित साह, गोविन्दप्रसाद गुप्ता, दिलीप साह, प्रेमकुमार साह तथा अनिलकुमार साह रहेका छन् । समितिमा योगेश कर्ण, श्याम साह, अनिसा न्याइच्याइँ, रिसव साह, गोविन्द साह, रवि कुशवाहा, घनश्याम साह, कौशल साह, मन्तोष पाइक, रुपेशकुमार साह, विवेक तामाङ तथा प्रशान्त थापा पनि रहेका छन् ।

देश निर्माणको मेरुदन्डको रुपमा क्रियाशील इन्जिनियरहरुको अधिकार प्राप्तिको क्षेत्रमा संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बताए ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया