पर्साबाट लागुऔषधसहित तीन जना पक्राउ

वीरगञ्ज । पर्साबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका– १६ रजतजयन्ती चोकस्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आवतजावत गर्ने सवारी साधन तथा यात्रुहरूलाई चेकजाँच गर्ने क्रममा एक जना व्यक्ति शंकाष्पद रुपमा भारतबाट नेपालतर्फ आउँदै गरेका बिहार जिल्ला सिवान बस्ने वर्ष २४ का महमद आलमलाई रोकेर खानतलासी गर्दा निज महमद आलमको साथबाट स्रोत नखुलेको नेपाली दुई लाख ५० हजार रुपैयाँ फेला परेको हुँदा उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ अनुसन्धान गर्दा निज लागुऔषध चरेस खरिद गर्न आएको भनी खुल्न आएकाले थप अनुसन्धान गर्ने क्रममा वीरगञ्ज महानगरपालिका– ८ स्थित नारायणी गेष्ट हाउसबाट धादिङ जिल्ला गजुरी गाउँपालिका– ८ बस्ने वर्ष २९ का सुरेश तामाङ र भारतको बिहार सिवान बस्ने वर्ष २२ का आरिफ राजालाई लागुऔषध चरेस १२ किलो २४० ग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया